न्याय माग्न जाँदा प्रहरीले अमानवीय व्यवहार गरेको आरोप
खार्पुनाथ गाउँपालिका-५ का २८ वर्षीय गजेन्द्र रोकाय र सोही ठाउँका ३१ वर्षीय अमर ऐडीलाई जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विष्णुबहादुर सिंह र सोही कार्यालयका डिएसपी कमलप्रसाद नेपालले अमानवीय व्यवहार गरेको स्थानीयबासीले आरोप लगाएका छन् ।
खार्पुनाथ गाउँपालिका-५ का ७५ वर्षीय नरवीर बुढा र सोही गाउँका ४५ वर्षीय शेरबहादुर रोकाय असोज ८ गते माथिबाट आएको ढुङ्गा लागेर मृत्यु भएको भनिएको घटनाको सत्य तथ्य माग गर्दै असोज १२ गते जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन पुगेका स्थानीयबासीलाई 'मदिराले लठिएका' इन्स्पेक्टर सिंहले अपशब्द बोल्दै नराम्रो व्यवहार गरेको मृतकका आफन्त गजेन्द्रले रोकायले गुनासो गरे ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले 'यस घटनामा मुद्दा नलाग्ने बनाइदिन्छु' भन्दै धम्की दिएको अर्का स्थानीयबासी अमर ऐडीले बताए ।
जिल्ला सुरक्षा समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बास्कोटाले प्रहरीले गरेको अमानवीय व्यवहारप्रति दुखित भएको भन्दै यस विषयमा आन्तरिक रूपमा कारबाही गर्ने र आमागी दिनमा यस्तो घटना हुन नदिने आश्वासन दिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपालले किटानी उजुरी आएपछि मात्र अनुसन्धान गर्ने बताएको र आफूले मदिरा सेवन नगरेको स्पष्टीकरण दिए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
मुस्ताङ मार्फाको तापक्रममा अस्वभाविक परिवर्तन !
हिमालपारीको जिल्ला मुस्ताङको मार्फा क्षेत्रमा मापन गरिएको तापक्रमको विवरण हेर्दा पछिल्लो समय तापक्रममा केही बढोत्तरी हुनुका साथै अस्वभाविक परिवर्तन भएको पाइएको छ । गर्मी समयमा अधिक तापक्रम पुग्ने र चिसो…
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै !
कर्णाली प्रदेशमा ‘बालविवाह’ को सङ्ख्या बढ्दै गएको छ । जुम्लामा १७.९ प्रतिशत बालविवाह गरेका छन् । जसमा बालकको सङ्ख्या ८.६ र बालिकाको सङ्ख्या २६ प्रतिशत रहेको छ । हिमाली जिल्ला हुम्लामा…
समाचारको प्रभावः कोथपेका स्थानीयलाई आउजाउ गर्न र्याफ्टिङ
गत असोज १० गतेदेखि १२ गतेसम्म परेको वर्षाले सुनकोशी नदीको झोलुङ्गे पुल र पक्की पुल बगाएपछि खाँडादेवी गाउँपालिका–१ कोथपेको माझी बस्तीका स्थानीयले सुनकोशी तर्न ट्युबको प्रयोग गरेको समाचार इन्सेक अनलाइनलगायतका…
भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्ली !
जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट आवास विहिन भएका नागरिकले पाउने रकम नपाउँदा बिचल्लीमा परेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकारण व्यवस्थापन प्राधिकारणले पोर्टलमा अपुरो विवरण प्रविष्ट हुँदा…
द्वन्द्वले प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान हुँदै
बाँसगढी नगरपालिकाले सुरुवात गरेको द्वन्द्वपीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान कार्य सकारात्मक भएको द्वन्द्वपीडित बाँसगढी नगरपालिका–६ की ४५ वर्षीय शारदा थारुको भनाइ रहेको छ । द्वन्द्वकालमा सरकारसँग…