न्याय परिषद सदस्यमा पदम वैदिकको नाम अनुमोदन

संसदीय सुनुवाइ विशेष समितिको कात्तिक १८ गते बसेको बैठकले न्याय परिषदको सदस्यमा पदम वैदिकको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ ।

मन्त्रिपरिषदको सिफारिस अनुसार वैदिकको सुनुवाइपछि परिषद् सदस्यमा नाम अनुमोदन गरिएको समिति सदस्य भानुभक्त ढकालले जानकारी दिएका छन् । वैदिकको नाम अनुमोदन गरेसँगै न्याय परिषद्ले पुर्णता पाएको छ ।

यसअघि, नेपाल बार एशोसियसनबाट सिफारिस गरिएका रामप्रसाद सिटौलाको नाम समितिले अनुमोदन गरिसकेको छ । प्रधानन्यायाधीश अध्यक्ष रहने परिषद्मा कानुन मन्त्री, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश, प्रधानमन्त्रीको सिफारिसमा एकजना मन्त्री र नेपाल बार एशोसिएशनको सिफारिसमा एकजना अधिवक्ता सदस्य रहने व्यवस्था छ ।


विवेक ढुङ्गाना