न्यायिक समितिमा उजुरीको सङ्ख्या वृद्धि
सान्नी त्रिवेणी गाउँपालिकामा गठित न्यायिक समितिले व्यवस्थित इजलास कक्ष निर्माण गरेपछि उजुरीको सङ्ख्या वृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
पहिले कार्यालयमा इजालस नहुँदा नागरिकहरुलाई समस्याहरु कहाँ राख्ने भन्ने समस्या भएको र अहिले सबै व्यवस्थित भएपछि उजुरीहरु अत्याधिक बढ्दै गएको गाउँपालिकाका न्यायिक समिति संयोजक पार्वती सिंहले बताउनु भयो । उहाँका अनुसार न्यायिक समिति गठन गर्नुका साथै व्यवस्थित इजलास कक्ष,कानुनी सल्लाहकार र कर्मचारी व्यवस्थापनका साथै नियमित मुद्दाको सुनुवाइ गर्ने गरेपछि उजुरीको सङ्ख्यामा वृद्धि भएको हाे ।
गाउँपालिकाको न्यायिक इजलास कक्ष उद्घाटन हुनुभन्दा पहिले पाँच ओटा मात्रै उजुरी आएको र अहिले हालसम्म ५० ओटा उजुरी आएकोमा त्यस मध्ये ३३ ओटा फैसला भएको न्यायिक समिति सदस्य अविलाल जैसिले बताउनु भयो ।
व्यवस्थित इजालस कक्ष र कर्मचारिको व्यवस्थापन नहुँदा यो वर्ष नरहरिनाथमा पाँच,पचालझरना चार,महावै तीन,शुभकालिका पाँच र पतला गाउँपालिकामा तीन ओटा उजुरी मात्रै आएको न्यायिक समितिले जनाएको छ ।
कर्णाली प्रदेशका १० ओटा जिल्लाका ५४ गाउँपालिका र २५ नगरपालिका गरी जम्मा ७९ स्थानीय तह मध्ये यो पालिकामा धेरै सकृय रहेको छ । स्थानीय सरकार आएपछि सिंहदरवार भन्थे अहिले नियमित उजुरीको सुनुवाइ हुने र छिटो छरितो न्याय पाउने गरेको जग्गा मुद्दामा न्याय पाएकी स्थानीय बागदेवि संज्यालले सुनाउनु भयो ।
न्यायिक समिति गठन भएको पाँच महिना पछि भदौ ९ गते इजलास गठन भएको र नियमित मुद्दाको सुनुवाइ हुन थालेपछि ज्याला नपाएको,बालवालिकालाई अभिभावकले संरक्षण नगरेको,पानीका मुहानसम्बन्धी विवाद र जग्गाको विवादका मुद्दा आउने गरेको संयोजक सिंहले जानकारी गराउनु भयो ।
न्यायिक समितिमा आएका उजुरीहरुमा फौजदारी प्रकृतिका मुद्दालाई कानुनी सल्लाहकार मार्फत अदालती प्रकृयामा पठाइन्छ भने देवानी प्रकृतिका मुद्दालाई पालिकामा सूचिकृत भएका मेलमिलाप कर्ता मार्फत अन्तिममा न्यायिक समितिले समाधान गर्ने गरेको छ ।
कालीबहादुर मल्ल
सम्बन्धित समाचारहरू
ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता लिन सास्ती
शुक्लाफाँटा नगरपालिकाले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि त्यस क्षेत्रका ज्येष्ठ नागरिकहरुले सास्ती खेप्नुपरेको छ । सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित बनाउन सरकारले बैंकमार्फत सामाजिक सुरक्षा भत्ता…
पहिरोले क्षति गरेको विद्यालय भवन मर्मत नहुँदा पठनपाठन प्रभावित
भीमदत्त नगरपालिका–९ मुसेट्टीस्थित सरस्वती आधारभूत विद्यालयको भवनमा ०८१ भदौ अन्तिम साता अविरल वर्षासँगै आएको पहिरोले विद्यालयको भवनमा क्षति पुर्याएपछि पठनपाठन प्रभावित भएको छ । सडक छेउमै सरस्वती आधारभूत विद्यालय छ…
यौन दुर्व्यवहार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसूरमा जिल्ला अदालत, कैलालीले धनगढी उपमहानगरपालिका–२ का हरीश कार्कीलाई कात्तिक २१ गते डेढ महिना कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत, कैलालीका न्यायाधीश…
२० वर्ष मुनिका युवतीहरु आमा बन्दैः आमा र बच्चा जोखिममा !
कानुनले बाल विवाहलाई बर्जित गरे पनि जिल्लाका युवतीहरु सानो उमेरमा विवाह गरी आमा बन्दै आएका छन् । २० वर्ष भन्दा कम उमेरमा विवाह गर्नु कानुन विपरित भए पनि जिल्लामा २०…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
भानु नपा–८ गैरीफाँटकी ३९ वर्षीया प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ४२ वर्षीय पति ओमनारयण श्रेष्ठलाई कात्तिक २२ गते गिरफ्तार गरेको छ । घरायसी विवादमा प्रतिक्षालाई आरोपितले…