न्यायिक समितिका पदाधिकारीलाई कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या
तेह्रथुमका ६ वटै स्थानीय तहहरूमा न्यायिक समिति गठन भएपछि उजुरीको चाङ् लाग्न थालेका छन् । दुई वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको तेह्रथुमका स्थानीय तहहरूमा घरेलु हिंसा, महिला हिंसा, आर्थिक लेनदेन, योजना विवाददेखि लिएर बहुविवाहसम्मका मुद्दाहरू पर्न थालेका छन् ।
संविधानले स्थानीय तहका उपप्रमुख एवम् उपाध्यक्षहरूलाई न्यायिक अधिकार दिएपछि अहिले स्थानीय तहमै उजुरी पर्न थालेको हो । जिल्लाका ६ वटै स्थानीय तहमा न्यायिक समिति गठन भएर उजुरीमाथि छानविन र मिलापत्र हुन थालेको छ ।
न्यायिक समिति गठन भए पनि कानुनी ज्ञानको अभावमा न्याय सम्पादनमा समस्या हुने गरेको मेन्छ्यायेम गाउँपालिकाका उपाध्यक्ष गितादेवी तिम्सिनाले बताइन् । उनले भनिन्-'उजुरीहरू आउने गरेका छन् । समितिमा वकिलसमेत नहुँदा कानुनी ढाँचामा मेलमिलाप गराउनसमेत समस्या भएको छ ।'
संविधानले न्यायिक समितिलाई कानुन बमोजिम आफ्नो अधिकारक्षेत्र भित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले उपाध्यक्षको संयोजकत्वमा तीन सदस्यीय न्यायिक समिति गठन गर्ने प्रावधान राखेको छ ।
सोही प्रावधान अनुसार गठित न्यायिक समितिले आएका उजुरीमाथि छानविन एवम् मिलापत्र गराउने गरे पनि कर्मचारी अभावमा समस्या हुने गरेको छथर गाउँपालिकाका उपाध्यक्ष तारा ढकालले बताइन् । उनले न्यायिक समितिका सदस्यहरूलाई तालिमको आवश्यक परेकाले सबैलाई तालिम दिनु पर्ने माग गरेकी छिन् ।
जिल्लाका ६ वटै स्थानीय तहमा झण्डै ५० थान उजुरी परेका छन् । लालीगुराँस नगरपालिकामा उजुरीको सङ्ख्या १२ थान भन्दा बढी रहेको लालीगुराँस नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समिति संयोजक तिला पोख्रेलले बताइन् ।
'हालसम्म बहुविवाह र लेनदेन गरी ६ थान उजुरीमा मिलापत्र गरेका छौँ ।'-पोख्रेलले भनिन् । उनका अनुसार न्यायिक समितिमा आएका उजुरीहरूलाई मिलाउन नसकिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय र अदालततिर पठाउने गरिएको छ ।
न्यायिक समितिमा महिला हिंसा, घरेलु हिंसा, लेनदेनलगायतका उजुरी आउने गरेको म्याङ्लुङ नगरपालिकाकी उपमेयर तथा न्यायिक समिति संयोजक पार्वती सानुडागीले भनिन्-'कानुनी ज्ञान अभाव छ । काम गर्न समस्या छ । अहिलेसम्म त छलफल गराएर मिलापत्र गराउने गरेका छौँ ।'
संविधानले स्थानीय तहलाई दिएको २२ वटा अधिकार सूचीमध्ये उपप्रमुखले निर्वाह गर्ने गरी स्थानीय तहमै न्याय निरूपण गर्ने पनि छ । 'कानुन नपढेकालाई न्यायिक समिति बनाइएको छ । फेदाप गाउँपालिकाकामा गठित न्यायिक समितिमासमेत आधा दर्जन बढी उजुरी परेका छन् । 'मिलापत्र गर्न सकिने अवस्थाका उजुरीमाथि छानविन गरी मिलापत्र गरेका छौँ ।'-उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक गिता थापाले भनिन्-'मिलापत्र गर्न समस्या भए पनि जानी नजानी काम गर्नुपरेको छ ।'
आठराई गाउँपालिकामा भने सबैभन्दा बढी महिला हिंसा र बलात्कारका घटना हुने गरेकाले फौजदारी मुद्दाहरू कानुनी प्रकृयामा अगाडि बढाउने गरेको गाउँपालिकाकी उपप्रमुख तथा न्यायिक समितिका संयोजक रूपादेवी कन्दङवाले बताइन् ।
भगिश्वर लिम्बु
सम्बन्धित समाचारहरू
अपाङ्गमैत्री संरचनाको अभावका कारण सास्ती खेप्नुपरेको अपाङ्गता भएका व्यक्तिको गुनासो
राज्यले निर्माण गर्ने संरचनाहरु आपाङ्मैत्री नहुँदा र आपाङ्गता भएका व्यक्तिहरु राज्यका विभिन्न सेवासुविधाबाट वञ्चित हुनुपरेकोले अपाङ्गता भएका व्यक्तिहरुले थप सास्ती खेप्नुपरेको छ । राज्यबाट आफूहरू अपहेलनामा परेको अपाङ्गता भएका व्यक्तिहरुले…
डायलासिस सेवा सञ्चालन नगरिदा बिरामीलाई सास्ती
सुदूरपश्चिमको एक मात्र ‘विशिष्ट विशेषज्ञ’ अस्पताल डडेल्धुरा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा नआउँदा बिरामीले सास्ती भोग्नु परेको छ । मृर्गौला रोगबाट पीडित बिरामीका लागि अस्पतालले दुई वर्ष पहिले उपकरण खरिद गरेको…
बलात्कार घटनाको मुद्दा मुल्तबीमा
१६ वर्षीया बालिकालाई बलात्कार घटनाका आरोपित सिरहा जिल्ला, सखुवानान्कारकट्टी-५ स्थायी घर भइ लिम्चुङबुङ गाउँपालिका-३ बाराहामा शिक्षण पेशा गर्दै आएका ३५ वर्षीय अमितकुमार यादवविरूद्धको मुद्दा जिल्ला अदालतले मुल्तबीमा राख्ने फैसला गरेको…
द्वन्द्वकालमा यातना पाएकाले मानसिक समस्याको औषधि नियमित सेवन गर्दै
सशस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधि सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा विद्रोही पक्षबाट…
एम्बुलेन्स चालकमाथि कुटपिट
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि कुटपिट गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते कुटपिट गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी गाउँपालिका-६ का…