'न्यायिक निरूपण नभएसम्म टिकापुर काण्डका आरोपितलाई सपथ नगराउ'-अधिकारकर्मी
जबाफदेहीता निगरानी समितिले ०७२ भदौ ८ गते टिकापुरमा एक नाबालकसहित सात प्रहरीको ज्यान जाने गरी भएको घटनाका प्रमुख आरोपित राष्ट्रिय जनता पार्टिका निर्वाचित सांसद रेशम चौधरीलाई प्रतिनिधि सभा सदस्यको सपथ हिरासतमा गराउने तयारीमा नेपाल सरकार रहेको भनी प्रकाशित समाचारप्रति खेदका साथ गम्भीर आपत्ति प्रकट गरेको छ ।
'फरार रहेका चौधरी भुमिगत अवस्थामा नै सङ्घीय सांसदमा निर्वाचित भएपछि फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए । सोही दिन जिल्ला अदालतले आरोपित चौधरीलाई पुर्पक्षका लागि न्यायिक हिरासतमा राख्न सरकारलाई आदेश दिएको थियो । त्यसैले अदालतको आदेश प्रतिकुल र न्यायिक मर्यादा विपरीत कुनैपनि कार्य नगर्न सरकारसंग हामी जोडदार माग गर्दछौं ।'-समितिले चैत ६ गते जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
'अपराधिक कार्यलाई सत्ता र राजनीतिक सौदाबाजीको विषय बनाउनु कुनैपनि लोकतान्त्रिक प्रणालीलाई सुहाउने वा स्वीकार्य हुँदैन । न्याय लोकप्रियताका कसीमा जाँचिने विषयवस्तु पनि होइन । यो पीडितको नैसर्गिक र अहरणीय अधिकार हो ।'-विज्ञप्तिमा भनिएको छ ।
समितिमा द्वन्द्वपीडित, मानव अधिकारकर्मी, वकिल पत्रकारलगायत मानव अधिकार रक्षकहरू आबद्ध रहेका छन् ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा गाउँपालिका-४ का २२ वर्षीय जसवन्तकुमार गणेशलाई मङ्सिर २१ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले पटक-पकट र अन्तिम पटक ०८० मङ्सिर १८…
हेपाहा प्रवृतिका नाम सच्चाउने कानुनको अभावमा अपमान सहनुपरेको दलित समुदायको गुनासो
दलित भएकै कारण नागरिकता प्रदान गर्ने कार्यालयका कर्मचारीहरुले मनोमानी रुपमा अपमानित हुने प्रकृतिका नामहरु राखि दिएकै कारण समाजमा अहिले पनि अपमानित हुनुपरेको जिल्लास्थित दलित समुदायका व्यक्तिहरुले गुनासो गर्नु भएको छ…