न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको न्यायको अन्तिम अपेक्षा रहेको न्यायालयलाई राजनीतिक प्रभावबाट मुक्त बनाउनु पर्नेमा जोड दिएकी छन् । चैत ९ गते नेपालगन्जमा सुरू भएको नेपाल बार एशोसियसनको १४ औँ सम्मेलनको उद्घाटनका क्रममा भण्डारीले उक्त कुराका जोड दिएकी हुन् ।
उनले पछिल्लो समय सार्वजनिक घटनाक्रमले न्यायालयमा खराब संस्कृति मौलाउँदै आएको भन्दै न्यायालय नागरिकमूखी हुनुपर्नेमा जोड दिइन् । व्यक्तिगत लाभका लागि न्यायालयलाई प्रयोग गर्न नहुने भन्दै उनले न्यायपालिकामा उत्पन्न समस्यालाई सबै कानुन व्यवसायीहरूले एकजुट भएर समाधान गर्नुपर्नेमा उनको जोड छ ।
राष्ट्रपति भण्डारीले न्यायपालिकाभित्र आएका र आउनसक्ने विकृति न्यायपालिका स्वयम्ले सुधार्नु पर्ने बताइन् । उनले पछिल्लो समय न्यायपालिकामा गम्भीर प्रकृतिका घटना भएको बताउँदै यस विषयमा बार सम्मेलनको गम्भीर ध्यानाकर्षण हुनुपर्ने भनाइ राखिन् ।
सम्मेलनमा कायमुकायम प्रधानन्यायाधीश दिपकराज जोशीले स्वतन्त्र न्यायपालिका न्यायधीशका लागि नभई नागरिकका लागि रहेको बताए । उनले न्यायाधीशमा क्षमताका साथमा इमान्दारिताको खाँचो पनि औँल्याए ।
सम्मेलनमा प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोख्ररेलले संरचनाको अभावमा प्रदेश सरकार शुन्यबाट माथि उठेर काम गर्नुपरेको बताए । पोखरेलले यो वर्ष कानुन निर्माण वर्षरहेकाले कानुन व्यवसायीसँग सहयोगको अपेक्षा पनि राखेका थिए ।
विनोद पाण्डे
सम्बन्धित समाचारहरू
एम्बुलेन्स चालकमाथि हातपात
सभापोखरी गाउँपालिकाका एम्बुलेन्स चालकमाथि हातपात गरिएको छ । सभापोखरी गाउँपालिकाका-६ का २९ वर्षीय एम्बुलेन्स चालक आइतबहादुर राईमाथि मङ्सिर १९ गते हातपात गरिएको हो । एम्बुलेन्स प्रयोगको राजश्व उठाउने क्रममा सभापोखरी…
समाचारको प्रभावः महिला स्वास्थ्य स्वयंसेविकालाई निःशुल्क स्वास्थ्य बिमा
बारबर्दिया नगरपालिकाभित्र रहेको महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य बिमा गराउने भएको छ । नगरपालिकाभित्र रहेका रहेका १ सय ३० जना महिला स्वास्थ्य स्वयंसेविका गराउने भएको हो । बारबर्दिया नगरपालिकामा रहेको…
मेयरद्वारा पत्रकारलाई धम्की
धरान उपमहानगरपालिका-१६ का ४० वर्षीय पत्रकार गोपाल दाहाल र धरान उपमहानगरपालिका-१७ का ४९ वर्षीय पत्रकार जनक ऋषि राईलाई धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ्गले सामाजिक सञ्जाल फेसबुकमार्फत दिएको धम्कीप्रति पत्रकारहरूले विरोध…
मानव बेचबिखन गरेको कसुरमा तीन वर्ष ६ महिना कैद सजायको फैसला
१२ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुरमा बर्दिया जिल्ला अदालतले भारत देशको सिउपुर लौकाहीका १९ वर्षीय मो. यूनस साइलाई तीन वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका…
दृष्टिबिहिनलाई बिहान बेलुकाको छाक टार्नै समस्या !
छेडागाड नगरपालिका–१ का दृष्टिबिहिन तिलक बस्नेतलाई बिहान बेलुकाको छाक टार्न समस्या भएको छ । स्थानीय सरकारले दिँदै आएको सामाजिक सुरक्षा भत्ता रकम आउन छोडेपछि उहाँलाई बिहान बेलुका चुलो बाल्न समस्या…