न्यायाधीश नहुँदा पेशी चढेका मुद्दाहरू स्थगित
अदालत, मानव अधिकार र न्याय सम्पादन एकअर्काका परिपुरक हुन् ।
तर, जिल्ला अदातलमा दरबन्दी अनुसारका न्यायाधीश नहुँदा पेशी चढेका मुद्दाहरू स्थगित गरिएका छन् ।
जिल्ला अदालतमा ०७९ देखि न्याय सम्पादन गर्दै आउनु भएका न्यायाधीश टिकेन्द्र दाहाल ०८१ साउन १३ गते सरूवा भएर जानु भएपछि त्यसयता पेशी चढेका मुद्दा स्थगित भएका हुन् ।
न्यायाधीशको सरूवा भएपश्चात तत्काल अर्को न्यायाधीश नियुक्त नहुँदा पेशी चढेका मुद्दाहरू स्थगित गरिएको अदालतका तहसिलदार गोपाल खनालले बताउनु भयो । उहाँले भन्नुभयो “साउन महिनादेखि कुनै पनि मुद्दाको फैसला भएको छैन, नयाँ न्यायाधीश केही दिनमा आउनुहुन्छ, त्यसपछि न्याय सम्पादनको कार्य अघि बढ्नेछ ।”
जिल्ला अदालतमा आर्थिक वर्ष ०८०-८१ मा ८ सय ७६थान मुद्दा दर्ता भएका छन् । जसमध्ये ५ सय ४३ थान फछ्र्यौट भएका छन् । ३ सय ३३ थान मुद्दा फछ्र्यौट हुन बाँकी छ ।
दर्ता भएका मुद्दामा देवानीतर्फका ५ सय ८७ मध्ये ३ सय ९२ थान फछ्र्यौट भएका र १ सय ९५ थान फछ्र्यौट हुन बाँकी छन् ।
जिल्ला अदालतमा सम्बन्ध विच्छेदको सबैभन्दा धेरै मुद्दा दर्ता भएका छन् । जम्मा दर्ता भएका ४ सय १० थान मुद्दामध्ये ३ सय १५ मुद्दा फैसला भएका छन् । ९५ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको तहसिलदार गोपाल खनालले बताउनु भयो । सम्बन्ध विच्छेदका मुद्दामा अधिकांश २० वर्षदेखि २५ वर्ष र ४० देखि ५० वर्ष उमेर समूहको रहेको तहसिलदार खनालले बताउनु भयो ।
व्यक्तिवादी फौजदारीतर्फ ७९ मुद्दा दर्ता भएकामा २७ थान मुद्दा फछ्र्यौट भएका र ५२ मुद्दा फछ्र्यौट हुन बाँकी छन् ।
सरकारी फौजदारीतर्फका १ सय ९९ थान मुद्दा दर्ता भएकामा १ सय १८ मुद्दा फैसला भइसकेका छन् । ८१ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको अदातलको तथ्याङ्कले देखाएको छ ।
अदालतमा पुनरावेदनका १० थान मुद्दा रहेकामा ६ ओटा फछ्यौट भएका र चा। थान मुद्दा बाँकी छन् । अदालतमा निषेधाज्ञाको मुद्दा एक थान छ ।
अदालतको तथ्याङ्क अनुसार दुई वर्ष म्याद नाघेका पाँच ओटा मुद्दा फछ्र्यौट हुन बाँकी छ । जसमा जग्गा किचलोका चार र सम्बन्ध विच्छेदको एक थान मुद्दा छ ।
इवारा लिम्बू जबेगु
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…