न्यायाधीशको सरुवा हुँदा १५ दिनदेखि अदालतमा मुद्दा सुनुवाइ कार्य स्थगित
पर्वत जिल्ला अदालतमा कार्यरत जिल्ला न्यायाधीश सरुवा हुँदा पर्वत जिल्ला अदालतमा चालु अवस्थामा रहेका मुद्दा १५ दिनदेखि सुनुवाइ हुन सकिरहेको छैन । पर्वत जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको यही पुस १२ गते सरुवा भएको निर्णय भएपछि पर्वत जिल्ला अदालतमा रहेका मुद्दा सुनुवाइ नभएका हुन् ।
न्यायाधीश पौडेलको मुस्ताङ जिल्लाको जिल्ला न्यायाधीशका रुपमा सरुवा भएको हो । त्यस्तै न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछामबाट प्रकाश ढुङ्गानाको सरुवा भएको छ । अछाम जिल्लाबाट सरुवा हुनुभएका जिल्ला न्यायाधीश कार्यक्षेत्रमा उपस्थित नहुँदा दैनिक मुद्दा सुनुवाइ कार्य रोकिएको पर्वत जिल्ला अदालतका श्रेष्तेदार विरेन्द्रप्रकाश खड्काले बताउनु भयो ।
यौन दुर्व्यवहार घटनाकी पीडित २७ वर्षीया महिलाले पटकपटक मुद्दा सुनुवाइ कार्य स्थगित हुँदा समयमा न्याय पाउन नसकेको गुनासो गर्नु भयो । ०८१ वैशाख २ गतेको यौन दुर्व्यवहार घटनाबाट पीडित भएकी महिलाको मुद्दा अदालतमा चालु प्रक्रियामा छ । आरोपित पुर्पक्षका लागि थुनामा भएपनि एउटै मुद्दा नौ पटकसम्म इजलासमा पेशी चढेको अदालतको तथ्याङ्कमा उल्लेख छ । न्यायका लागि अदालतमा आएका सर्वसाधरणहरुले पटकपटक मुद्दा सुनुवाई प्रक्रिया स्थगित हुँदा र समयमा मुद्दाहरु फछ्र्यौट हुन नसक्दा समस्यामा परेका छन् ।
एक मात्रै न्यायाधीशको दरबन्दी रहेको पर्वत जिल्ला अदालतमा न्यायाधीश नहुँदा अहिले दैनिक चार देखि आठ थान मुद्दा इजलासबाट सुनुवाइ कार्य स्थगित हुने गरेको छ । सामान्य थुनछेक आदेश कार्य भने नरोकिएको श्रेष्तेदार खड्काले बताउनु भयो ।
सन्तोष थापा
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा १२ वर्ष ६ महिना कैद सजायको फैसला
१५ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१२ का २१ वर्षीय अशोक चौधरीलाई १२ वर्ष ६ महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश तेजनारायण पौडेलको…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदातलले म्याङलुङ नगरपालिका-१० का १९ वर्षीय भिमबहादुर विश्वकर्मालाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश भीमबहादुर निरौलाको ०८१ चैत…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा १५ वर्षीय बालकलाई ०८१ चैत १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपितले बालिकालाई चैत १० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले…
खानेपानीको समस्या झेल्दै बेलस्वाराका स्थानीय
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको देवचुली नगरपालिका–१६ मा पर्ने बेलस्वाराका स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । गाउँ नजिक रहेको धरादी खोलाबाट पानी ल्याइएको भए पनि पर्याप्त नहुँदा समस्या झेल्दै आएको…
बलात्कार घटनाका आराेपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बेथानचोक गाउँपालिका–४ गुम्बुडाँडाका २५ वर्षी विवेक नेपालीलाई ०८१ चैत ११ गते प्रहरीले गिरफ्तार गरेको छ पीडित बालिकालाई आराेपितले चैत १० गते राती बलात्कार गरेकाे भन्दै…