न्यायसम्बन्धी तीन ओटा विधेयक पारित
व्यवस्थापिका संसदको भदौ २६ गते बसेको बैठकले न्यायसम्बन्धी तीन ओटा विधेयक पारित गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशङ्कर नायकद्वारा प्रस्तुत न्याय सेवा आयोग विधेयक २०७३, न्याय परिषद् विधेयक २०७३ र न्याय प्रशासन विधेयक २०७३ लाई संसदको बैठकले पारित गरेको हो ।
विधेयक पारित भएसँगै नेपालको संविधान बमोजिम सरकारलाई उच्च अदालत गठनको बाटो खुलेको छ ।
संविधान घोषणा भएको एक वर्षभित्र उच्च अदालत गठन गनुपर्ने संवैधानिक व्यवस्था रहेको छ । नयाँ व्यवस्थापछि विद्यमान १६ ओटा पुनरावेदन अदालत सात ओटा उच्च अदालतमा परिणत हुनेछ ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…