न्यायको माग गर्दै प्रदर्शनकारीद्वारा बजार बन्द, विद्युत र खानेपानीको सवारी साधन तोडफोड
मृत फेला परेकी १७ वर्षीया बालिकाको न्यायको लागि प्रदर्शन गर्दै आएकाहरुले जेठ ८ गते बागलुङ बजार बन्द गरेका छन् ।
बालिकालाई पती, सासु, नन्द र जेठा ससुराले जेठ १ गते कर्तव्य गरि हत्या गरेको हो भन्दै जेठ २ गतेबाट प्रदर्शन सुरु गरेका पीडित पक्षले ८ गते दिउँसो १२ बजेदेखि २ बजेसम्म बागलुङ बजार बन्द गराएका हुन् ।
पीडितलाई न्याय दिलाउन भन्दै कृष्ण भण्डारीको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति समेत गठन गरिएको छ । संघर्ष समितिको आह्वानमा बजार बन्द गराउँदै प्रदर्शनकारीहरुले नेपाल विद्युत प्राधिकरणको सवारी साधन तोडफोड गरेका छन् । त्यसैगरी खानेपानीको ढुवानी गर्ने सवारी साधन र केही निजी मोटरसाकइलमा समेत तोडफोड भएको छ ।
प्रक्रिया अनुसार घटनाको अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलले पीडित पक्षलाई पटक पटक निश्पक्ष अनुसन्धान गर्ने र न्यायको प्रत्याभूति दिलाउने प्रतिवद्धता जनाउँदा जनाउँदै पनि भिड जम्मा गर्ने र उत्तेजित नारा लगाउनु दु:खद् भएको बताउनु भयो ।
घटनाको सन्दर्भमा बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले हस्ताक्षर गरेको विज्ञप्तीमा उद्योगी व्यवसायीको कार्यक्षेत्र भित्र प्रवेश गरी व्यवसायी माथि हतियार प्रयोग गरेर कुटपिट गर्ने र पसलमा रहेको सामग्रीहरु तोडफोड गर्ने, अति आवश्यक सेवाहरु पिउनेपानी ढुवानीको गाडी माथि तोडफोड गर्ने, बैंक तथा वित्तिय संस्था बन्द गर्ने, औषधी पसल, छापाखाना जस्ता पसलहरु समेत बन्द गराएको घटना प्रति संघ घोर भर्त्सना गरेको उल्लेख गरेको छ ।
विज्ञप्तीमा आन्दोलनका नाममा अराजक गतिविध गर्ने समूहलाई तत्कालै नियन्त्रणमा लिई क्षतिपूर्ति उपलब्ध गराई आवश्यक कारबाहीका लागि प्रशासनसँग जोडदार माग विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
सिर्जना पन्त
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई बलात्कार गरेकाे आराेपमा १५ वर्षीय बालकलाई जिल्ला प्रहरी कार्यालय गौरले ०८१ भदौ २८ गते गिरफ्तार गरेकाे छ । आराेपित बालकले भदौ २८ गते बालिकालाई बलात्कार गरेकाे भन्दै…
कुटपिट घटनाका आरोपितविरुद्ध उजुरी
परोह नगरपालिका-८ मोतीपुर नरकटिया टोल की २९ वर्षीया लालु कुमारी पटेललाई साेही टोल निवासी पत्रकार ३५ वर्षीय अभिमन्यु पटेल, निजका भाइहरू ३३ वर्षीय राकेश पटेल, र ३० वर्षीय मुकेश पटेलले कुटपिट…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिखु गाउँपालिका–२ का २२ वर्षीया दिलिप राईलाई भदौ २८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले भदौ २३ गते बलात्कार गरेको भन्दै…
तालाबन्दीका कारण कृषि तथा वन विज्ञान विश्वविद्यालयमा शैक्षिक गतिविधि ठप्प
भरतपुर महानगरपालिका-१६ मा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयमा लगाइएको ताला नखुलाउँदा दुई सातादेखि शैक्षिक गतिविधि ठप्प भएको छ । सत्तारूढ दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका भ्रातृ…
पत्नीको हत्या, हत्यापछि पतिद्वारा आत्महत्याको प्रयास
महालक्ष्मी नगरपालिका-१ कटहरेकी २६ वर्षीया सरिता दर्जीको २९ वर्षीय पति विजय दर्जीले खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । पत्नीको हत्यापछि विजयले समेत आत्महत्याको प्रयास गरेको जिल्ला प्रहरी…