न्यायको माग गर्दै गङ्गामाया छैठौं पटक आमरण अनसनमा
सशस्त्र द्वन्द्वको समयमा कान्छा छोरा १६ वर्षीय कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राख्दै गोरखा फुजेल-७ की गङ्गामाया अधिकारी साउन २७ गतेदेखि पुनः आमरण अनसन बसेकी छन् । उनले अनसन बसेको यो छैठौँ पटक हो ।
प्रधानमन्त्री पदमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निर्वाचित भएको भोलिपल्ट छोराको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै गङ्गामायाले सरकारलाई पाँच दिने 'अल्टिमेटम' दिएकी थिइन् । तर, हालसम्म सरकारले घटनाको दोषीलाई कानुनी दायरमा नल्याएको भन्दै न्याय प्राप्तिका लागि बाध्य भएर आमरण अनसन बस्नुपरेको गङ्गामायाले बताइन् ।
वीर अस्पतालमा पत्रकारहरूसँग कुराकानी गर्दै गङ्गामायाले आफूले छोराको हत्यामा संलग्न अपराधिलाई चिनेको र किटानी जाहेरी दिएको अवस्थामा सरकारले घटनाको अनुसन्धानसमेत नगरेको बताइन् । उनले भनिन्-'मेलै के नै मागेको छु र ? न्याय माग्दा उल्टै मेरो सर्वस्वहरण गरियो । मेरो १६ वर्षो बच्चाको र पतिको के नै गल्ती थियो ? किन उनीहरूलाई मारियो ? किन मेरो सम्पत्ति लुटियो ? अव मैले बाँचेर के अर्थ ? न्याय नपाए मर्छु अनसन तोड्दिन ।'
'पुष्पकमल दाहाल देशकै प्रधानमन्त्री हुन् वा माओवादी पार्टी ? मैले न्याय पाउँछु या पाँउदिन ?'-गङ्गामायाले पत्रकारमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरिन् ।
गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको अनसन बसेको ३ सय ३४ औं दिनमा ०७१ साल असोज ६ गते वीर अस्पतालमा निधन भएको थियो । नन्दप्रसादको शव हालसम्म त्रिविवि शिक्षण अस्पतालमा रहेको छ ।
तरल पदार्थ मात्र खाएर वीर अस्पतालमा उपचरार्थ अवस्थामानै न्यायिक लडाईको सङ्घर्ष गरिरहेकी गङ्गामायाको स्वास्थ्य अवस्था पनि कमजोर रहेको चिकित्सकहरूले बताएका छन् ।
उनका कान्छा छोरा कृष्णप्रसाद अधिकारीलाई ०६१ जेठ २४ गते चितवनको बकुल्लहरचोकमा माओवादी कार्यकर्ताले अपहरण गरी निर्मम हत्या गरेका थिए ।
विवेक ढुङ्गाना
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार गरेको कसुरमा दुई महिना कैद सजाय फैसला
सात वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालत चितवनका न्यायाधीश रितेन्द्र थापाको इजलासले रत्ननगर नगरपालिका-१३ बस्ने ४५ वर्षीय विष्णुबहादुर रानाभाटलाई ०७९ चैत १२ गते दुई महिना कैद सजाय हुने…
बलात्कार गरेको कसूरमा सात वर्ष कैद फैसला
२० वर्षीया युवतीलाई बलात्कार गरेको कसूरमा नारायण नगरपालिका–६ काँडाचौरका २१ वर्षीय राहुल सार्कीलाई दैलेख जिल्ला अदालतले सात वर्ष कैद फैसला गरेको छ । जिल्ला न्यायाधीश बलराम लम्सालको चैत १२ गतेको इजलासबाट…
पत्रकार कुटपिट घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी
गजुरी गाउँपालिका-१ निवासी नेपाल पत्रकार महासङ्घ धादिङका सदस्य तथा ग्यालेक्सी फोरके टेलिभिजनका संवाददाता ३४ वर्षीय विकास रौनियारलाई अवैध बालुवा उद्योगको समाचार र भिडियो खिचेको भनि कुटपिट गरेको आरोपमा सोही ठाउँका…
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको राष्ट्रिय जनगणना ०७८ को प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्यामध्ये पुरुषको संख्या…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
३७ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले ४३ वर्षीय चैत १० गते गिरफ्तार गरेको छ । आरोपितले बहुविवाह गरेर छुट्टै बस्दै आएकोमा चैत ७ गते घरमै पुगेर बलात्कार प्रयास…