न्यायको प्रतिक्षामा बस्दै बलात्कार घटनाका पीडित महिला
अपाङ्गता हुनुभएकी २६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका-१२, झेडी कल्लाबोटका ६३ वर्षीय गोविन्दप्रसाद बस्याल विरुद्ध जिल्ला प्रहरी कार्यालयमा ०८१ जेठ ३२ गते उजुरी दर्ता भयो । पीडित महिलालाई आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ ३२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपित विरुद्ध थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर दिपेन्द्र रावलले इन्सेकलाई जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भयो ।
पीडित महिला दिनहुँ बढ्दो समस्या भोग्दै अदालतको न्यायको प्रतिक्षामा बस्न बाध्ये हुनुभएको छ । आरोपितले अपाङ्गता महिलाको रुप माथि यस्तो अपराध गरेको छ, जो सुकै भए पनि उसलाई आवश्यक कडा कारवाही हुनुपर्ने छिमेकीहरूको माग छ । कमजोर महिला, छोरी चेली सुरक्षित रहन र विश्वास गर्न नसकिने भयो भन्दै स्थानीयहरूले गुनासो गरेका छन् ।
पीडित महिलाका ६२ वर्षीय बुबाले आफू काम गर्न र हिँड्डुल गर्न नसक्ने बताउनु भयो । 'आम्दानीको श्रोत छैन । खेतीपाती जोगाएर खान सकिन्न । पहिला विवाह गरेँ । बोल्न नसक्ने छोरीको जन्म भयो । पत्नीको पनि मृत्यु भयो । पछि कान्छी पत्नी ल्याएँ । तीन बहिनी छोरी जन्मे । पत्नीको दिमागले राम्रोसँग काम गर्न नसकेपछि समस्या हुँदै आयो । तीन ओटी छोरी साना छन् । स्कूल पढ्छन् । बोल्न काम गर्न नसक्ने ठूली छोरीको यस्तो अवस्था भयो', उहाँले भन्नुभयो ।
उहाँले गोविन्दप्रसाद पढालेखा शिक्षित, बुद्धिजीवी भन्ने सम्झिनुभएको थियो । तर आफ्नै छोरीलाई यस्तो बनाउँदा कुनै दया धर्म नआएको उहाँको भनाइ छ । 'अपराध नगरेको भए भाग्ने थिएन, अपराध गरेकै कारण भाग्यो । यो भन्दा ठूलो अपराध के हुन सक्छ हामीलाई मर्नु न बाँच्नु बनायो', उहाँले भन्नुभयो ।
पीडितको छिमेकीले गाउँमा पीडित सात/आठ महिना अघिदेखि बिहान उठेर आरोपितको घरमा जाने, सामान्य किसिमका काम गर्ने, खाने र साँझ राति घर आउने गरेको बताउनु भयो । तर आफूले त्यस्तो होला भनेर नसोचेको उहाँको भनाइ छ । पीडितको शरीरमा फरक अवस्था आएपछि बोल्न नसके पनि साङ्केतिक रूपमा सोध खोज गरेको उहाँले उल्लेख गर्नुभयो । भएको घटना इसरामा बताएपछि स्वास्थ्य चौकीमा लगिएको र गर्भ भए नभएको पुष्टी गर्न अर्घाखाँची अस्पताल, सन्धिखर्कमा लगेर जाँच गर्दा गर्भ भएको पुष्टी भएको उहाँको भनाइ छ ।
डाक्टरको जाँच रिर्पोट अनुसार साडे चार महिनाको गर्भ छ भनेपछि दाजुभाइ, छरछिमेक बसेर छलफल पश्चात तत्कालै प्रहरीमा उजुरी दर्ता गराएको उहाँले बताउनु भयो । प्रहरीमा उजुरी दिएको थाहा पाएपछि आरोपित फरार रहेको उहाँको भनाइ छ । उता कानुनी प्रक्रिया ढिला हुने भयो, यता पीडितको अवस्था दिन प्रतिदिन झन् कमजोर हुँदै गएको छ । खाना र स्याहार सुस्याहारको समस्या कसरी समाधान गर्ने भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भएको छ ।
समाज सेवी पिताम्बर कुँवरले पीडितको स्वास्थ्य अवस्था नाजुक भएको बताउनु भयो । घरमा खानेकुराको समस्या, पीडित गर्भवतीलाई पौष्टिक आहाराको आवश्यकता भएको उहाँको भनाइ छ । पीडितको शरीरमा रगतको मात्रा कमी भएको डक्टरको भनाई छ । पीडित बोल्न र बुझ्न सक्ने भए केही सहज त हुने थियो । संरक्षक बुबा यता उता जान केही गर्न पनि सक्नु हुन्न ।
सन्धिखर्क नगरपालिका-१२ का वडा सदस्य खिमकला कुँवरले पीडित महिलाको न्यायको लागि मुद्दा अदालतमा गएको बताउनु भयो । पीडितको पीडा दिनदिनै बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो । पीडित बोल्न, बुझ्न सक्नुहुन्न । रेखदेख गर्ने संरक्षकको नै समस्या छ । न्यायिक निकाय अदालत, प्रहरी प्रशासन लैजान ल्याउन झनै समस्या छ । पीडितको पालन पोषणका लागि सहयोगको आवश्यकता छ । अपराधिलाई कडा कारवाही हुनुपर्ने वडा सदस्य कुँवरको माग छ । पीडितलाई सामाजिक न्याय कसरी हुन्छ र दिन सकिन्छ भन्दै सहयोग पुर्याउने कुरामा आफूहरूले सबै निकायमा पहल गरेको उहाँको भनाइ छ ।
सन्धिखर्क नगरपालिका-१२ का वडाध्यक्ष नारायण खड्काले उक्त घटना आफ्नो वडामा भएकोले गम्भीर समस्या उत्पन्न भएको उल्लेख गर्नुभयो । 'आरोपितले अपराध गरेर भागेको छ, कडा निगरानीका साथ खोज अनुसन्धान गरेर कानुनको दायरामा ल्याउनु पर्छ । पीडितले न्याय पाउनु पर्छ, हामीले सहयोग पनि गर्नुपर्छ तर आरोपितको परिवारले पनि सहयोग गर्नुपर्छ । तब मात्र सामाजिक न्याय भएको मानिन्छ', उहाँले भन्नुभयो ।
कुलबहादुर नेपाली
सम्बन्धित समाचारहरू
वरिष्ठ अधिवक्ता त्रिपाठीलाई कुटपिट गरेको आरोपमा तीन जना गिरफ्तार
वरिष्ठ अधिवक्ता डा. दिनेशकुमार त्रिपाठीलाई कुटपिट गरेकको आरोपमा झापाको बुद्धशान्ति गाउँपालिका-४ घर भई काठमाडौँ महानगरपालिका-३२ शान्तिनगर बस्ने ५५ वर्षीया सीतादेवी राईलाई माघ ७ गते गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले…
गाउँ टोलबाटै सामाजिक सुरक्षा भत्ता वितरण, लाभग्राही खुशी
सामाजिक सुरक्षा भत्ता लिनकै लागि गाडी चढेर बैङ्कसम्म पुग्नुपर्ने झण्झट रहेकोमा गाउँ टोलबाटै भत्ता बुझ्न पाएपछि लाभग्राही खुशी भएका छन् । पाल्पाको बगनासकाली गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण र स्वास्थ्य…
बर्दियामा विषादीको प्रयोगले बढ्दै क्यान्सर रोगका बिरामी
बर्दियामा क्यान्सर रोगका बिमारीको सङ्ख्या बढ्दै गएको पाइएको छ । प्रत्येक वर्ष स्थानीय तहबाट क्यान्सर रोगको उपचारका लागि सिफारिस लिनेको सङ्ख्या तुलनात्मक रुपमा थपिँदै गएपछि जिल्लामा क्यान्सर रोगका विरामीको सङ्ख्या…
एक वर्षदेखि पशुसेवा केन्द्र बन्द, सेवाग्राही मर्कामा
तिला गाउँपालिकाको मालिकाठाटा र घोडेमहादेव वडा नम्बर ६, ८ र ९ मा एक वर्षदेखि पशुसेवा केन्द्र बन्द हुँदा सेवाग्राही मर्कामा परेका छन् । यहाँका स्थानीय नागरिकको प्रमुख पेशा नै पशुपालन…
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य
जिल्लाका अधिकांश महिलाहरूको स्वास्थ्य सेवामा पहुँच नहुँदा बाटोमै बच्चा जन्माउन बाध्य भएका छन् । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको जिल्लाका गाउँ बस्तिका अधिकांश महिलाहरू बिच बाटोमै बच्चा जन्माउन बाध्य भएका हुन्…