न्यायको पहुँच सर्वसाधारणसम्म पुर्याउनु पर्ने
न्यायको पहुँच ग्रामीण भेगका र्सवसाधारणसम्म पुर्याउनु पर्नेमा सर्वेच्च अदालतका न्यायाधीश गोविन्दकुमार उपाध्यायले जोड दिएका छन् ।
न्यायमा र्सवसाधारणको पहुँचको अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा उनले उक्त कुरामा जोड दिएका हुन् । उनले भने-'ग्रामीण भेगका र्सवसाधारणहरूलाई न्यायको पहुँचसम्म ल्याउनका लागि न्यायिक तथा अर्धन्यायिक निकाय, नागरिक समाज, पत्रकार, मानव अधिकारकर्मी, सरकारी तथा गैरसरकारी निकायहरूको महत्वपुर्ण भूमिका रहने गर्दछ ।' राज्यले गरिब तथा विपन्न वर्गका नागरिकको हितका निम्ति निशुल्क कानुनी परामर्शका लागि वैतनिक वकिलको व्यवस्था गरेकोले यसको उपयोगका लागि ग्रामीण क्षेत्रका नागरिकहरूलाई जानकारी गराउनु पर्ने उनले बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रूद्रप्रसाद पण्डितले र्सवसाधारण व्यक्तिहरू समाजको संस्कारमा जकडिएकाले सहजै रूपमा न्यायलयसम्म पुग्न नसकेको बताए । उनले भने-' समाजमा बलात्कार, बहुविवाह, घरलु हिंसालगायतका घटना भइरहेका छन् । त्यस्ता घटना लिएर न्यायलयमा पुग्दा गाउँठाउँ र समाजले के भन्छ - आफ्नो इज्जतमा आँच आउने पो हो कि ! भन्ने कुसंस्कार र जनचेतना अभावका कारण पीडितले घटना दबाएर राख्ने गर्दछन् ।'
अधिवक्ता मिनबहादुर महतले बहुविवाह, बालविवाह, जारीप्रथा, बलात्कार, घरेलु हिंसालगायतका अपराधका घटनाहरू घटेपनि जनचेतनाका अभावका कारण मुद्दाका रूपमा न्यायलयसम्म नआइपुग्ने गरेको बताए ।
इन्सेक जिल्ला प्रतिनिधि मानदत्त रावलले जघन्य अपराधका घटनाहरू गाउँघरमा आर्थिक लेनदेनमा मिलापत्र गर्न खोज्ने र त्यसो हुन नसके मात्र न्यायलयमा आउने प्रवृति रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी विष्णुमाया बुढाले न्याय सम्पादनमा पैसाको व्यापार हुने गरेकोले वास्तविक पीडितले न्याय प्राप्त गर्न नसकेको बताइन् । उनले भनिन्-'पैसामा न्याय विक्री गर्ने गरिएको छ । यसको अन्त्य गरिनु पर्दछ ।'
मानदत्त रावल
सम्बन्धित समाचारहरू
गाउँपालिका कर्मचारीहरूमाथि दुर्व्यवहार, कामकाज बन्द
मुखियापट्टी मुसहरनीया गाउँपालिकाको-६ लक्ष्मीपुर स्थित तत्कालिन कोभिड व्यवस्थापन केन्द्रमा वर्षौ देखी प्रयोगविहीन अवस्थाम रहेका स्वास्थ्य सामग्री गाँउपालिकाद्वारा बहेडाबेला बजारमा प्रस्तावित १५ सैयाको अस्पताल एवं वर्थिङ्ग सेन्टरको लागि ल्याउन जाँदा पूर्व…
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि !
मुगुमा कुपोषित बालबालिकाको सङ्ख्यामा वृद्धि भएको छ । जिल्लामा कुपोषित बालबालिकासम्बन्धी काम गर्ने धेरै निकाय भए पनि आर्थिक वर्ष भदौदेखि पुस महिनासम्म ५० जना बालबालिकामा कुपोषित देखिएको जिल्ला अस्पताल मुगुको…
बलात्कार गरेको कसुरमा जन्मकैद सजायको फैसला
सात वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले छत्रदेब गाउँपालिका-६ का १८ वर्षीय युवकलाई जन्मकैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश शिवलाल पाण्डेयको ०८१ माघ ९ गतेको इजलासले…
जातीय विभेद गरेको कसुरमा तीन महिना कैद सजायको फैसला
सामाजिक सञ्जालमा जातीय विभेदजन्य शब्द लेखेको कसुरमा दैलेखको महावु गाउँपालिका–४, फागुका ४२ वर्षीय शिक्षक तर्कबहादुर सिंह ठकुरीलाई जिल्ला अदालतले तीन महिना कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत सुर्खेतका…
प्रदुषण सम्बन्धी मुद्दामा उच्च अदालतको परमादेश जारी
वातावरण प्रदुषणसम्बन्धी मुद्दामा उच्च अदालत सुर्खेतले आदेश जारी गरेको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्णलाल भट्टराइको ०८१ माघ ८ गतेको एकल इजलासले विपक्षीलाई फागुन मसान्तभित्र उपयुक्त स्थान खोजी अस्फाल्ट…