न्यायका लागि संयुक्त राष्ट्रसङ्घसँग गङ्गामाया अधिकारीको आग्रह
गोरखा फुजेलकी गङ्गामाया अधिकारीले न्यायका लागि संयुक्त राष्ट्रसङ्घलाई गुहार्नु भएको छ । सशस्त्र द्वन्द्वका बेला हत्या गरिएका छोरा कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कारबाही माग गर्दा गर्दै पतिसमेत गुमाएकी गङ्गामायाले नेपालमा न्याय नपाएपछि संयुक्त राष्ट्रसङ्घ गुहारेको बताउनुभयो ।
उहाँले २०७६ माघ २१ गते संयुक्त राष्ट्रसङ्घको नेपालस्थित प्रमुख भेलेरिया जुलियन्डलाई भेटेर न्यायका लागि सहयोग माग्नुभएको हो । गङ्गामाया मानव अधिकारकर्मीको टोलीसहित जुलियन्डलाई भेट्न नेपालस्थित राष्ट्रसङ्घको कार्यालयमा पुग्नुभएको थियो । भेटमा जवाफदेहिता निगरानी समितिका चरण प्रसाईले जुलियन्डबाट गङ्गामायालाई सक्दो सहयोग हुने आश्वासन प्राप्त भएको बताउनुभयो ।
‘जुलियन्डले संयुक्त राष्ट्रसङ्घको क्षेत्राधिकारभित्र रहेर न्यायका लागि सक्दो सहयोग गर्ने वचन दिनुभएको छ’ एड्भोकेसी फोरमका कार्यक्रम व्यवस्थापक विकास बस्नेतले भन्नुभयो ‘उहाँहरुबीच एकघण्टा कुराकानी भएको थियो ।’
जुलियन्डलाई भेट्न जाने क्रममा गङ्गामायासंगै अधिवक्ताहरु ओमप्रकाश अर्याल, इन्द्र अर्याल, बद्रिप्रसाद भुसाल, आशिकराम कार्की, तथा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, द्वन्द्व पीडित साबित्री श्रेष्ठ समेत रहनु भएको थियो ।
कृष्णप्रसाद अधिकारीका हत्यारामाथि कारबाही प्रक्रिया कहाँ पुग्यो भन्ने जिज्ञासा सहित न्यायमा अन्तर्राष्ट्रियकरण गरिदिन गङ्गामायाले अुनरोध गर्नु भएको सहभागी मध्यका अधिवक्ता ओमप्रकाश अर्यालले बताउनुभयो । कृष्णप्रसादको २०६१ जेठ २४ गते अपहरणपछि तत्कालीन माओवादी कार्यकर्ताले हत्या गरेको आरोप छ । छोराको न्यायका लागि अनशनरत अवस्थामामै गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको पनि ज्यान गएको छ । नन्दप्रसादको शव त्रिवि शिक्षण अस्पतालको शवगृहमा रहेको छ ।
दीपकप्रसाद घिमिरे
सम्बन्धित समाचारहरू
१५ वर्षदेखि टहरामा पढ्दै छन् दुम्लिङका चेपाङ बालबालिका
धादिङको बेनीघाट रोराङ गाउँपालिका-२, दुम्लिङस्थित सहारा आधारभूत विद्यालयमा १५ वर्षदेखि चेपाङ बालबालिका टहरामा पढ्दै आएका छन् । अत्यन्त गरिब र बिहान बेलुकी छाक टार्न समेत धौ धौ पर्ने चेपाङ समुदायका…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४० वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका-९, नार्केस्थित सागर मेडिकलका सञ्चालक ५० वर्षीय चेतन रामलाई प्रहरीले ०८० मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले मङ्सिर…
ज्येष्ठ नागरिक हत्या घटनाका आरोपित गिरफ्तार
गोसाइकुण्ड गाउँपालिका-५, सानो भार्खुका बुबा ६६ वर्षीय छेवाङ तामाङको लाठीले टाउकोमा हानेर हत्या गरेको आरोपमा ४० वर्षीय गोपाल तामाङलाई प्रहरीले ०८० मङ्सिर १५ गते गिरफ्तार गरेको छ । मदिरा सेवन…
भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माणको काम शुरु
विनासकारी भूकम्पले घरमा क्षति गरेपछि त्रिपालमुनि बसेका पीडितहरुका लागि अस्थायी आवास निर्माणमा पहिलो किस्ता रकम स्थानीय तहमा पठाएपछि निर्माणको काम शुरु भएको छ । विपद व्यवस्थापन कोषमा जम्मा भएको रकम…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मेचीनगर नगरपालिका-६ बर्मेली टोलका ३४ वर्षीय जगतमणि आर्चायलाई मङ्सिर १४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर ८ गते बलात्कार…