न्यायका लागि पहल गर्न राष्ट्रिय मानव अधिकार आयोगलाई इन्सेकको ज्ञापनपत्र

  ०७९ माघ २४ गते

एक जना बालिका र दुई जना महिलाको रहस्यमय मृत्यु घटनाको वास्तविकता छानविन गरी पीडितलाई परिवार न्याय दिलाउन माग गर्दै इन्सेकले मानव अधिकार आयोग केन्द्रीय कार्यालयलाई माघ २२ गते ज्ञापनपत्र बुझाएको छ ।

आयोगका सचिव मुरारीप्रसाद खरेललाई इन्सेक खोटाङ प्रतिनिधिले माघ २२ गते ज्ञापनपत्र बुझाएर पीडित परिवारलाई न्यायका लागि पहल गर्न आग्रह गर्नु भएको छ ।

एक जना बालिका र दुई जना महिलाको रहस्यमय मृत्यु घटनामा पीडित परिवार विगत ६ वर्षयता न्यायको पर्खाइमा रहेकाले राष्ट्रिय मानव अधिकार र आयोगमार्फत गृह मन्त्रालयको ध्यानाकर्षणका लागि ज्ञापनपत्र बुझाएको इन्सेक खोटाङले प्रतिनिधिले बताउनु भयो ।

इन्सेकले बुझाएको ज्ञापनपत्रमाथि आयोगले तत्काल कारबाही अघि बढाउने राष्ट्रिय मानव अधिकार आयोगका सचिव मुरारीप्रसाद खरेलले बताउनु भयो । उहाँले एक जना बालिका र दुई जना महिलाको रहस्यमय घटनामा पीडित परिवार न्यायको पर्खाइमा रहेको विषयमा कार्यालय जानकार भएपनि पीडित परिवारलाई न्यायका लागि इन्सेकको पहल प्रशंसनीय रहेको बताउनु भयो ।

खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङको ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा शव भेटियो । हलेसी तुवाचुङ्ग नगरपालिका–७ महादेव स्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा महादेव स्वास्थ्य चौकी नजिक शव फेला परेको थियो । जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खशिवालयबाट घर फर्किएको अवस्थामा ०७४ साउन ४ गते अर्धनग्न अवस्थामा शव फेला परेको थियो ।

१७ वर्षीया बालिका रीता तामाङ सिम्मपानी बजारमा रहेको एक होटलमा काम गर्थिन । ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा रीताको शव भेटिएको थियो । रीताका ५६ वर्षीय बाबु वीरबहादुर तामाङले छोरीका हत्यारालाई कारबाही गर्न माग गर्दै ०७३ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । शवको पोष्टमार्टम ०७३ माघ २७ गते जिल्ला अस्पतालमा गरी सोही दिन शव बुझेर अन्त्येष्टी गरिएको थियो ।

हलेसी तुवाचुङ नगरपालिका– ७ महादेवस्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा शव फेला पर्यो । आमाको शव हत्या गरिएको अवस्थामा फेला परेको २१ वर्षीया छोरा खेमराज विश्वकर्माले बताउनु भयो । आमाको शव हत्या गरिएको अवस्थामा फेला परेपछि आफूहरूले ०७४ जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छोरा खेमराजले बताउनु भयो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा ०७४ जेठ १७ गते गरी सोही दिन सद्गत गरेको खेमराजले बताउनु भयो ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खशिवालयबाट घर फर्किएको अवस्थामा ०७४ साउन ४ गते अर्ध नग्न अवस्थामा शव फेला परेको थियो । तत्कालीन अवस्थामा घटनास्थलमा मडारिएको र सङ्घर्ष गरेको भनि प्रहरीले मुचुल्का उठाएको थियो । पीडित परिवारले दोषीलाई कारबाही गर्न माग गर्दै ०७४ साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । शवको पोष्टमार्टम जिल्ला अस्पतालमा साउन ६ गते गरी सोही दिन सद्गत गरिएको थियो ।

न्याय नपाएको गुनासो–

एक बालिकासहित दुई जना महिलाको रहस्मय हत्या भएको घटना ६ वर्ष बितेपनि पीडित परिवारले अझै न्याय नपाएको गुनासो गरेको छ । खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेकी १७ वर्षीया बालिका रीता तामाङ, हलेसी तुवाचुङ्ग नगरपालिका–७ महादेव स्थानकी ५७ वर्षीया ज्ञानीमाया विश्वकर्मा र जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्माको परिवारले वर्षौदेखि न्याय नपाएको गुनासो गरेको हो ।

१७ वर्षीया बालिका रीता तामाङ सिम्मपानी बजारमा रहेको एक होटलमा काम गर्थिन । ०७३ माघ २६ गते हत्या गरिएको अवस्थामा खोटेहाङ गाउँपालिका–९ स्थित कुशेऔँसी भनिने जङ्गलको भीरमा रीताको शव भेटियो । रीताका ५६ वर्षीय बाबु वीरबहादुर तामाङले छोरीका हत्यारालाई कारबाही गर्न माग गर्दै ०७३ फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो । उजुरी दिएको ६ वर्ष बितेपनि प्रहरीले घटनामा संलग्नहरूको पहिचान गरी गिरफ्तार नगर्दा आफूहरूले न्याय नपाएको वीरबहादुरले गुनासो गर्नु भयो ।

५७ वर्षीया ज्ञानीमाया विश्वकर्माको ०७४ जेठ १६ गते स्याउला काटेर घर फर्किरहेको अवस्थामा शव फेला परेको २१ वर्षीया छोरा खेमराज विश्वकर्माले बताउनु भयो । आमाको शव हत्या गरिएको अवस्थामा फेला परेपछि आफूहरूले ०७४ जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपनि हालसम्म आरोपितलाई प्रहरीले गिरफ्तार गर्न नसकेको छोरा खेमराजको आरोप छ ।

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङकी ३७ वर्षीया देवी विश्वकर्मा जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खशिवालयबाट घर फर्किएको अवस्थामा ०७४ साउन ४ गते अर्धनग्न अवस्थामा शव फेला परेको गाउँपालिका अध्यक्ष शङ्कर राईले बताउनु भयो ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न माग गर्दै ०७४ साउन १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको भए पनि हालसम्म दोषी पहिचान गरी प्रहरीले गिरफ्तार नगर्दा पीडित परिवार न्यायबाट वञ्चित हुनु परेको अध्यक्ष राईले बताउनु भयो ।

तत्कालीन अवस्थामा घटनास्थलमा मडारिएको र सङ्घर्ष गरेको भनि प्रहरीले मुचुल्का उठाए पनि अनुसन्धानलाई फराकिलो ढङ्गले अघि बढाउन नसक्दा पीडित परिवारले न्यायबाट वञ्चित हुनु पर्ने हो कि ? भन्ने प्रश्न उब्जिएको अध्यक्ष राईको भनाइ छ । पीडितको न्यायका लागि पहल गर्न आग्रह गर्दै इन्सेकले ०७८ पुस २७ गते गृह मन्त्रालमा र ०७९ वैशाख १५ गते राष्ट्रिय महिला आयोगमा ज्ञापनपत्र बुझाएको छ ।

इन्सेकले  पठाएको ज्ञापनपत्रमा मानव अधिकारको विश्वव्यापी घोषणापत्र सन् १९४८, नेपालको संविधान २०७२, नेपाल पक्ष राष्ट्र भएका बालअधिकारसम्बन्धी महासन्धी सन् १८७९ र महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धी सन् १९७९ मा उल्लेख भएबमोजिम कानुनी व्यवस्थाहरूको परिपालना गरी राज्यको प्रत्याभूत आम नागरिकले गर्न पाउने वातावरण निर्माणका लागि नेपाल सरकारसँग माग गरिएको छ ।

Photo 202302011 Khotang (1)

Photo 202302011 Khotang (2)

Photo 202302011 Khotang (3)

Photo 202302011 Khotang (4)


तारानाथ फुयल