न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह
तत्कालीन विद्रोही नेकपा माओवादीले आफ्नै घरको आगनमा बसिरहेका चौतारा सागाचोकगढी नगरपालिका-५ का शारदाप्रसाद ढुङ्गेलकी पत्नी ६० वर्षीया सुन्तली ढुङ्गेलले न्यायका लागि पहल गरिदिन ०८० माघ २४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ ।
तत्कालीन चौतारा गाउँपालिका-८, हाल चौतारा सागाचोकगढी नगरपालिका-५ का ५१ वर्षीय शारदाप्रसाद ढुङ्गेललाई ०६१ चैत १९ गते आफ्नै घरको आँगनमा बसेकै अवस्थामा दुई जना माओवादी कार्यकर्ता आएर गोली हानी हत्या गरेका थिए । मृतक ढुङ्गेललाई माओवादीले राजावादी भएको आरोपमा हत्या गरेका थिए । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला स्तरीय कार्यकर्ता हुनुहुन्थ्यो । ‘माओवादीले सञ्चालन गरेको द्वन्द्वको कुनै पनि सरोकार नराख्ने हामी सर्वसाधारण जनतालाई माओवादीले बिना कारण हत्या गरेका छन् । हत्यामा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही हुनुपर्छ’, सुन्तली ढुङ्गेलले इन्सेक प्रतिनिधिसँग बताउनु भयो ।
पतिको हत्यापछि आफूलाई संसारै खसेजस्तो अनुभूति भएको बताउँदै, आफ्नो लागि खुशीको दिन कहिल्यै नआउने र सधैभरी रोएरै हिँड्नु परेको द्वन्द्वपीडित सुन्तली ढुङ्गेलले उल्लेख गर्नुभयो । आफ्नो पीडा सुनाउँदै न्यायका लागि पहल गर्न अनुरोध गर्नेक्रममा नेपालको वर्तमान राज्य सत्ताले आफू जस्ता द्वन्द्वपीडित महिलाहरूलाई न्याय नदिने उहाँले बताउनु भयो ।
राप्रपाको जिल्ला कार्य समितिमा रहेर राजनीतिमा सक्रिय रहनुभएकी ढुङ्गेल गत स्थानीय निर्वाचनमा राप्रपाको तर्फबाट नगरपालिका प्रमुख पदको प्रत्यासी समेत हुनुहुन्थ्यो । आफूले न्यायका लागि ०७५ सालमा सत्य निरुपण आयोगमा र त्यसभन्दा अघि शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायत विभिन्न निकायमा उजुरी दिए पनि हालसम्म आफूले न्याय नपाएको सुन्तली ढुङ्गेलको भनाई छ ।
परिवारमा कमाइ गरेर पाल्ने पतिलाई माओवादीले गोली हानेर हत्या गरेपछि छोराछोरी र आफूलाई जीवनभर बाँच्न पुग्ने भरणपोषणको व्यवस्था सरकारले गर्नु पर्ने सुन्तली ढुङ्गेलको माग छ । त्यसैगरी आफ्नै घरमा बसेका पतिको बिना कारण गोली हानी हत्या गर्ने व्यक्तिहरूको कानुनी कारबाही गरी आफूलाई न्यायको लागि पहल गरिदिन इन्सेक समक्ष आग्रह गरेको उहाँले बताउनु भयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा ३५ वर्षीय एक पुरुषलाई प्रहरीले ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १ गते बेलुकी आफ्नै घरमा सुतिरहेकी छोरीलाई बलात्कार गरेको…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
२२ वर्षीया महिलालाई विवाहको प्रलोभन देखाई बलात्कारको प्रयास गरी हत्या गर्न खोजेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–९ ब्रह्मदेवका २५ वर्षीय दिपक चन्दलाई ०८१ चैत ४ गते गिरफ्तार गरेको छ । पीडित…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मालिका गाउँपालिका–८, सिमलटारी स्थायी घर भइ भारतको भुपालमा काम गर्ने २४ कमल भन्ने चेत बहादुर क्षेत्रीलाई प्रहरीले चैत १ गते गिरफ्तार गरेको छ ।…
सामूहिक बलात्कार घटनाको उजुरी दर्ता
१६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको घटनाका आरोपितहरू ४५ र ४० वर्षीय पुरुषहरूविरुद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा दिएको उजुरी प्रहरीले ०८१ चैत ३ गते दर्ता गरेको छ ।…
महिला बेचबिखन घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई आकर्षक तलबको प्रलोभन देखाई इराक पुर्याइ मानव बेचबिखन गरेको आरोपमा नुवाकोट जिल्ला तारकेश्वर गाउँपालिका–५ घर भएका २४ वर्षीय हिरा तामाङलाई प्रहरीले ०८१ फागुन ३ गते गिरफ्तार गरेको…