न्यायका लागि पहल गरिदिन द्वन्द्वपीडितद्वारा इन्सेकसमक्ष आग्रह
द्वन्द्वमा विद्रोहीले खुट्टा भाँचेर अपाङ्ग हुनुभएका चौतारा सागाचोकगढी नगरपालिका-८, इर्खुका द्वन्द्वपीडित भिमबहादुर श्रेष्ठले हालसम्म न्याय र राहत नपाएको भन्दै न्यायका लागि पहल गरिदिन ०८० कात्तिक २० गते इन्सेकसमक्ष आग्रह गनुभएको छ ।
पीडित भिमबहादुरलाई ०५७ फागुन ४ गते घरमा बसिरहेको अवस्थामा १५/२० जनाको विद्रोही समूह आएर लिएर गएका थिए । घरभन्दा केही पर पुर्याई दुवै हात पछाडि बाँधेर देब्रे खुट्टा ढुङ्गामाथि राखि नलिखुट्टामा घनले हानी खुट्टा भाँचेर बेहोस अवस्थामा छाडेर गएको पीडितले उल्लेख गर्नुभयो ।

घटनापछि आफन्तले थाहा पाएर हारगुहार गरी भोलिपल्ट फागुन ५ गते पीडित भिमबहादुर श्रेष्ठलाई उपचारको लागि ललितपुरस्थित बि एण्ड बी अस्पताल पुर्याइएका थिए । दुई वर्षसम्म बि एण्ड बी अस्पतालमा बसेर उपचार गराउँदा कतैबाट उपचार खर्च नपाएको द्वन्द्वपीडित भिमबहादुरको गुनासो छ ।
द्वन्द्वको समयमा आफ्नो खुट्टामा घनले हानेर आफूलाई अपाङ्ग बनाउने चार जना व्यक्तिहरू अहिलेसम्म आफूले राम्ररी चिनेको, अहिले पनि उनीहरू आफ्नै अगाडि खुल्लेआम हिँड्डुल गर्ने गरेको उहाँले बताउनु भयो । उनीहरू कै यातनाबाट आफू अपाङ्ग भएर राम्रोसँग हिँड्न नसक्ने भएको उहाँले इन्सेकलाई जानकारी दिनुभयो । 'दैनिक औषधि खानुपर्छ । आम्दामीको स्रोत केही पनि छैन', उहाँले भन्नुभयो ।
न्यायका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, गृह मन्त्रालय, मानव अधिकार आयोग, शान्ति समिति, सत्य निरुपण तथा मेलामिलाप आयोग लगायतका निकायमा उजुरी दिए पनि हालसम्म कतैबाट पनि न्याय नपाएकोले इन्सेकसमक्ष आग्रह गरेको उहाँले बताउनु भयो ।
नातिबावु धिताल
सम्बन्धित समाचारहरू
म्यासेञ्जर च्याटको विषयमा बालिकामाथि कुटपिट
उर्लावारी नगरपालिका-४ थापाडाँगीकी १६ वर्षीया बालिका आयुष्मा बस्नेतलाई म्यासेञ्जर च्याटको विषयलाई उर्लावारी नगरपालिका-५ सूर्यचोकका २० वर्षीय यूनिक शिवाले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । साथीको फेसबुक आइडी चलाएको…
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…