न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन
रामधुनी नगरपालिका–२ का ४४ वर्षीय रामदेव साहले १६ वर्षीया छोरीको अपहरण घटनामा प्रहरीले चासो नदिएको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेक सुनसरीलाई निवेदन दिनु भएको छ ।
१६ वर्षीया छोरीलाई ०७८ फागुन १८ गते रामधुनी नगरपालिका–२ का २१ वर्षीय नविव मियाँ र भोक्राहा नरसिंह गाउँपालिका–५ का २२ वर्षीय फरमान आलमले १६ वर्षीया छोरीलाई अपहरण गरेको विषयमा आफूले प्रहरी र प्रशासनमा निवेदन दिँदा समेत वेवास्ता गरिएको भन्दै न्यायका लागि पहल गरीदिन चैत २५ गते इन्सेकमा निवेदन दिनु भएको छ ।
पीडितले इन्सेकमा दिएको निवेदनमा छोरीको अपहरण घटनामा विषयमा प्रहरी प्रशासनमा निवेदन र जानकारी गराउँदा समेत वेवास्ता गरिएकाले न्यायलाई पहल गरीदिन आग्रह गरिएको छ ।
०७८ फागुन १८ गते आफन्तकोमा भोज खान गएको मौकामा छोपी अपहरण गरी बेपत्ता बनाएको पीडितले दिएको निवेदनमा उल्लेख छ ।
पीडितले न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह गरेपछि इन्सेकले उजुरीका विषयमा जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नरेन्द्रकुमार कार्कीसँग जानकारी लिएको छ ।
इन्सेकले गरेको पहलमा डिएसपी कार्कीले पीडितले प्रहरीमा दिएको उजुरीका बारेमा आफूलाई रिपोटिङ नभएको र सो विषयमा बुझेर अनुसन्धान अघि बढाउने बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (असार २० गते)
असार २० गते ३४ जनामा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ९ लाख ७९ हजार ८ सय ३५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा १…
न्याय सम्पादन प्रभावित भएपछि सेवाग्राही समस्यामा
झण्डै दुई महिनादेखि जिल्ला अदालत, अछाममा जिल्ला न्यायाधीश नहुँदा न्यायिक प्रक्रिया प्रभावित भएपछि सेवाग्राहीहरु समस्यामा परेका छन् । वैशाख पहिलो सातादेखि न्यायाधीश नविनकुमार जोशीको सरुवा भएर अन्यत्र गएकाले मुद्दाको पेसी…
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा जोड
न्यायिक प्रक्रियामा जनताको सहज पहुँच हुनु पर्नेमा नेपालगञ्ज उप– महानगरपालिकाका प्रमुख प्रशान्त बिष्टले जोड दिनु भएको छ । डिसिएको सहयोग र इन्सेक नेपालगञ्जको आयोजना तथा जिल्ला प्रहरी कार्यालयको सहकार्यमा असार…
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
रङ्गेली नगरपालिका–१ बवियाविर्ताकी ३० वर्षीया बविता मल्लिकलाई आगो लगाएर हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय पति अशोक मल्लिकलाई असार १७ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले असार…
नगरपालिकाद्वारा मानव अधिकार समूहलाई सम्मान
वाणगंगा नगरपालिकाको ११ औं नगर सभामा जिल्लाको प्रथम बालश्रम मुक्त नगरपालिका घोषणा गर्न इन्सेकद्वारा गठित मानव अधिकार समूहले महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै असार १७ गते मानव अधिकार समूहलाई सम्मान…