न्यायका लागि पहल गरिदिन इन्सेकलाई निवेदन
४१ वर्षीया महिलाले यौन दुर्व्यवहार घटनामा प्रहरीले आरोपितविरूद्ध उजुरी दर्ता नगरेको भन्दै न्यायका लागि पहल गरीदिन इन्सेकलाई आग्रह गर्नु भएको छ ।
भोक्राहा नरसिंह गाउँपालिका-७ का ४७ वर्षीय महमद मियाँले ०८१ साउन २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा मियाविरूद्ध उजुरी दिँदा जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेको पीडितको आरोप छ ।
प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि पीडितले न्यायका लागि पहल गरीदिन आग्रह गर्दै ०८१ भदौ १६ गते इन्सेक, सुनसरीमा निवेदन दिनु भएको हो ।
बाख्रा व्यापारको काम गर्दै आएका आरोपितले पटकपटक यौन दुर्व्यवहार र बलात्कार प्रयास गरेको पीडितको आरोप छ ।
पीडितले इन्सेकलाई न्यायका लागि पहल गरीदिन निवेदन दिएपछि इन्सेकले उजुरी दर्ता किन नगरिएको भन्ने विषयमा जिल्ला प्रहरी कार्यालयका एसपी विपिन रेग्मीसँग जानकारी लिएको छ ।
इन्सेकले उजुरी दर्ता गरी घटनाको अनुसन्धान प्रक्रिया अघि बढाउन गरेको आग्रहमा प्रहरीले सोही अनुसार पीडित पक्षसँग सोधपुछ गरी अनुसन्धान प्रक्रिया अघि बढाउने एसपी रेग्मीले बताउनु भएको छ ।
जयकृष्ण यादव
सम्बन्धित समाचारहरू
प्रहरीको भवन निर्माण अलपत्र हुँदा सेवा प्रवाहमा समस्या !
पाँच वर्षदेखि निर्माणाधीन जिल्ला प्रहरी कार्यालयको भवन अलपत्र हुँदा सेवा प्रवाहमा समस्या भएको छ । समयमै भवन निर्माण हुन नसक्दा नियमित कामकाजमा असहज भइरहेको छ । भवन नहुँदा कहिले जीर्ण…
सामुदयिक स्वास्थ्य चौकी खोल्सीमा भौतिक सामग्री अभावः सेवाग्राहीलाई समस्या
सिमकोट गाउँपालिका–८ स्थित सामुदायिक स्वास्थ्य इकाइ खोल्सीमा भौतिक सामग्रीको अभाव भएको छ । उक्त सामुदायिक स्वास्थ्य इकाइमा बिरामीहरूलाई सेवा दिने विभिन्न भौतिक संरचनाको अभाव भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको हो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भिमदत्त नगरपालिका–३ तिलकपुरका २२ वर्षीय रवि चदारालाई ०८१ फागुन ४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई बिभिन्न प्रलोभन देखाई आरोपितले ०८१ असोज…
स्वास्थ्कर्मी कुटपिट घटनाका आरोपित गिरफ्तार
सेती प्रादेशिक अस्पताल, धनगढीमा कार्यरत डाक्टर वेदप्रकाश पन्तलाई कुटपिट गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका–१३ का २४ वर्षीय कृष्ण रानालाई ०८१ फागुन ५ गते गिरफ्तार गरेको छ । डाक्टर पन्तले आइसीयुमा…
नारायणी अस्पतालमा चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा
वीरगञ्जस्थित नारायणी अस्पतालमा ०७९ साउन महिनादेखि विशेषज्ञ चिकित्सकको अभाव हुँदा सेवाग्राहीहरू मर्कामा परेका छन् । नारायणी अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी पाएका चिकित्सकहरू काजमा अन्य अस्पतालमा कार्यरत भएको कारण अस्पतालमा सेवा…