नौ वर्षीय बालक मृत अवस्थामा फेला
बीरगञ्ज उमनपा-१६ राधेमाईका नौ वर्षीय छोरा राजन पटेलको शव बीरगञ्ज चिनी कारखानाको आवास क्षेत्रमा असोज २० गते फेला परेको छ । पीडित बालकको टाउको, नाक र आँखामा गम्भीर चोट लागेको, शरीरमा नीलडाम र मुखबाट फिज निस्केको हुनाले उनलाई कसैले मारेर फालेको हुनसक्ने पर्सा प्रहरीले जनाएको छ ।
पीडितको शव फेला परेको स्थान भन्दा ८० मिटर पूर्व उनले लगाउने गरेको चप्पल भेटिएको र उनले लगाएको हाफ पाइन्ट भने फेला नपरेको पीडित बालकका काका बृजकिशोर पटेलले बताए । शवको पोष्टमार्टम असोज २० गते नारायणी उपक्षेत्रीय अस्पतालमा गरेर अन्तिम संस्कारका लागि पुख्र्यौली घर रामनगरी गाविस लगिएको छ ।
असोज १९ गते साँझ ६ बजे घरबाट मेला हेर्न भनेर निस्केका राजन राति अबेरसम्म घरमा नआएपछि उनका काका बृजकिशोर पटेलले राति ११ बजे नजिकै रहेको वडा प्रहरी कार्यालयमा खबर गरेका थिए । आवास क्षेत्र नजिक शौच गर्न गएकाहरूले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनाको अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी चक्रराज जोशीले बताए । असोज २१ गते बिहानसम्म घटनाका बारेमा पीडित परिवारले उजुरी नगरेको प्रहरीले जनाएको छ ।
के.सी.लामिछाने
सम्बन्धित समाचारहरू
अस्पताल एम्बुलेन्स बिहिन हुदाँ बिरामी मर्कामा
बेनी नगरपालिका–१ रत्नेचौरका चन्द्र थापामगरले आफ्नी पत्नीलाई लिएर बेनी अस्पताल आउनु भएको थियो । उहाँकी पत्नीको अप्रेसन गरेर बच्चाको जन्म गराइयो । बच्चा जन्मदा सामान्य अवस्था रहे पनि पछि स्वासप्रश्वासमा…
जातीय विभेद घटनाका आरोपित विरूद्ध उजुरी
माछापुच्छ्रे गाउँपालिका– ५ का वडा सदस्य रामजी लामिछानेसहित चार जनाविरूद्ध नारायण परियारले चैत ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको छ । ब्रतबन्धको भोजमा जातीय विभेद गरेको आरोपमा परियारले वडासदस्य…
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू पाँच दिनका लागि प्रहरी हिरासतमा
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध ०७९ चैत ७ गते काठमाडौँ महानगरपालिका-१० थापागाउँमा नाराबाजी गर्ने तीन जना युवालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन…
एसिड प्रहारको कसुरमा साढे १० वर्ष कैद
जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर बस्ने पत्नी २८ वर्षीया आरती साहमाथि ०७७ साल कात्तिक २९ गते एसिड प्रहार गरेको कसुरमा जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठा बस्ने पीडितका पति ३६ वर्षीय संजिव साहलाई साढे १० वर्ष…
यौन दुर्व्यवहार कसुरमा १ वर्ष ४ महिना कैद
१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा राजविराज नगरपालिका–९ गढियाका २३ वर्षीय धिरेन भनिने धिरेन्द्र सदालाई चैत ८ गते १ वर्ष ४ महिना कैद भएको छ । जिल्ला न्यायाधीश हेमन्त…