नौ दिनदेखि विद्यालयमा अनिश्चितकालीन तालाबन्दी हुँदा पठनपाठन ठप्प
छिपला केदार मावि धङकङ सितोलामा मङ्सिर ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी भएपछि विद्यालयको पठनपाठन ठप्प भएको छ ।
विद्यालयमा नियमित पठनपाठन नभएको विरोधमा विद्यार्थीहरूले अनिश्चितकालीन तालाबन्दी गरेपनि विद्यालय खुलाउनतर्फपहल नहुँदा विद्यार्थीको पढाइ थप प्रभावित भएको हो ।
विद्यार्थीहरूले विद्यालयमा विषयगत शिक्षक हुनुपर्ने, पठनपाठन नियमित हुनुपर्ने, समयतालिका अनुसार विद्यालय सञ्चालन गर्नुपर्नेलगायतका माग राखेर विद्यालयमा तालाबन्दी गरेको विद्यालयका प्रधानाध्यापक मानसिंह महताले जानकारी दिए । पठनपाठनको विषयमा विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीहरू जिम्मेवार हुन नसक्दा झनै समस्या भएको महताले आरोप लगाए ।
उनका अनुसार कक्षा १० सम्म पढाइ हुने विद्यालयमा स्थायी शिक्षक एक जना मात्र रहेका छन् । प्रावि तहमा दरबन्दी भएका प्रधानाध्यापक महता विद्यालयका स्थायी शिक्षक हुन् । विद्यालयमा दुइ जना शिक्षक करार रहेका छन् । विद्यालयमा ६ जना शिक्षक नीजि स्रोतबाट भएपनि गत वर्षदेखि तलब खुवाउन नसक्दा नियमित पढाइ हुन नसकेको उनले बताए ।
'मावि तह पूरै निजी स्रोतमा भएको हुँदा शिक्षकलाई तलब भत्ता खुवाउन सकिएको छैन । विद्यालयमा पठनपाठन नहुँदा यहाँ अध्ययनरत २ सय विद्यार्थीको पढाइ प्रभावित भएको छ ।'-प्रधानाध्यापक महताले भने ।
शैक्षिक सत्र सुरू भएदेखि हालसम्म कक्षा ६ देखि कक्षा १० सम्मको विषयवस्तु पढाइ हुन नसकेको विद्यार्थी कमल महताले बताए ।
विद्यालयका प्रधानाध्यापक महताका अनुसार विद्यार्थीहरू समेत कक्षामा नआउने गरेको कारण पढाइ हुन नसकेको हो । 'पूर्ण पढाइ नभएको हैन ।'-उनले भने-'शिक्षकहरू पनि परीक्षा दिन जाने, विद्यार्थी अनुपस्थित हुने, अभिभावकले ध्यान नदिने गरेका कारण समस्या आएको हो ।'
नरेन्द्रसिंह कार्की
सम्बन्धित समाचारहरू
क्षतिग्रस्त पुलको मर्मत नहुँदा दुई जिल्लाका स्थानीयलाई सास्ती, विद्यार्थीको पठनपाठन प्रभावित
अछाम र दैलेख जिल्ला जोडने कर्णाली नदीमा निर्माण गरिएकोे पुरानो झोलुङ्गे पुलमा खच्चडहरु गइरहेको बेलामा ६ महिनाअघि लठ्ठा चुडिँयो । पुल निर्माणको बहस स्थानीयदेखि संसदसम्मै पुग्यो । तर, जेठमा लठ्ठा…
विद्यालयमा डेस्क बेन्च र शौचालयको अभाव हुँदा पठन पाठनमा समस्या
जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थास्थित श्री गायत्री प्रज्ञापिठ गुरुकुलमा भौतिक पूर्वाधारका समाग्री तथा डेस्क बेन्चको अभाव हुँदा विद्यार्थीहरू भुईमा बसेर पढ्न बाध्य भएका छन् । २०७६ सालमा स्थापना भएको श्री गायत्री प्रज्ञापिठ…
कुटपिट घटनाका आरोपित विरुद्ध उजुरी दर्ता
सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया…
विद्यालयमा शौचालय अभाव हुँदा पठनपाठन प्रभावित
चौकुने गाउँपालिका–५, रेक्चास्थित जनकल्याण आधारभुत विद्यालयमा शौचालय र कक्षाकोठाको अभाव हुँदा पठनपाठन प्रभावित भएको छ । विद्यालयमा शौचालय नभएपछि विद्यार्थीहरू शौचालय प्रयोग गर्न घरमा जानुपर्ने बाध्यता छ । विद्यालयमा खानेपानी…
मानव अधिकार दिवसको अवसरमा कारागार अनुगमन र शैक्षिक सामग्री सहयोग
७६ औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा तनहुँका मानव अधिकारसँग सम्बन्धित सङ्घ संस्थाको समन्वयमा मङ्सिर २५ गते तनहुँ जिल्ला कारागारको अनुगमन तथा कारागारमा अभिभावकसँग आश्रित बालबालिकालाई शैक्षिक सामग्री तथा न्यानो…