नौ जना पहिचान पक्षधर गिरफ्तार
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) एमालेको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ मा अवरोध पुर्याउन खोजेको आरोपमा प्रहरीले धनकुटामा नौ जनालाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।
‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’को प्रतिरोध स्वरुप यातायात बन्द गराएको र शङ्कास्पद अवस्थामा रहेका १ नम्बर प्रदेश सङ्घर्ष समिति संखुवासभा, संयोजक वीरेन्द्र खारा राई, किरात राई यायोख्खा सङ्खुवासभा सचिव उमाकुमारी राई, १ नम्बर प्रदेश सङ्घर्ष समिति सङ्खुवासभा अध्यक्ष कर्वि राई, किराँत राई धनकुटा, अध्यक्ष उद्धवमणि राई, किराँत याक्थुङचुम्लुङ धनकुटा, अध्यक्ष कमलसिंह तिगेलालाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
किराँत राई यायोख्खा पाख्रिबास नगर अध्यक्ष जितेन्द्र राई, किराँत राई यायोख्खा सङ्खुवासभा कोषाध्यक्ष सोकुल राई, नेपाल कुलुङकिराँत भाषा संस्कृति उत्थान सङ्घ सङ्खुवासभा सदस्य पण्डित कुलुङ र सङ्खुवासभाको मकालु यायोख्खा नगर सदस्य जुद्धवीर राईलाई लेगुवा बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।
पहिचान पक्षधर समूहले ०८० मङ्सिर २६ गतेदेखि अनिश्चितकालीन यातायात बन्द आव्हान गरेका छन् ।
समृद्धिका लागि संकल्प यात्रा अन्तरगत एमालेको टोली मङ्सिर २८ गते लेगुवा बजारबाट धनकुटा प्रवेश गर्ने तयारी छ । त्यसकै विरोधमा १ नम्बर प्रदेश पुन नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी प्रदेशमा पर्ने मध्यपहाडी सडक क्षेत्र बन्दको आव्हान गरेको छ ।
पहिचान पक्षधर समूहले कोशी नामाकरणका पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसद र पहिचानविरूद्ध अभिव्यक्ति दिएको आरोपमा एमाले अध्यक्ष केपी ओली, नेता योगेश भट्टराई र महेश बस्नेत लक्षित विरोधका कार्यक्रम गरिरहेको छ ।
प्रहरीले सम्भावित अवरोध र त्यसबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै पूर्वी पहाडको सुरक्षा व्यवस्था कडा बनाएको छ ।
पहाडी क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउन तराईका जिल्लाबाट समेत सुरक्षाकर्मीहरू मध्यपडाही राजमार्गमा परिचालन गरिएको छ ।
ईश्वर थापा
सम्बन्धित समाचारहरू
जलविद्युत आयोजनाको सामग्री बोक्ने ठुलागाडीले गर्दा सर्वसाधारणको स्वास्थ्य समस्या
हिमाली जिल्ला म्याग्दीको रघुगङ्गा गाउँपालिका भित्र निर्माणधिन आठ ओटा जलविद्युत आयोजनाका कारण गाउँपालिकाका चार ओटा वडाका सर्वसाधारणमा स्वास्थ्य समस्या थपिएको छ । बिहानैदेखि गाडी कुद्न थाल्दासाथ धुलोले गाउँघरनै पुरै छोप्ने…
हत्या घटनाका आरोपित गिरफ्तार
अर्जुनधारा नगरपालिका-३ दार्जिलिङ डाडाँकी ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा प्रहरीले ४६ वर्षीय पति वीरबहादुर चौहानलाई असोज २८ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८१ असोज…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बारबर्दिया नगरपालिका-६ का २० वर्षीय सन्तराम थारुलाई प्रहरीले ०८१ असोज २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले असोज २६ गते बलात्कार गरेको…
रिम्नागाउँमा खानेपानीको समस्या
भेरी नगरपालिका–१, रिम्नामा खानेपानीको समस्या भएको छ । जिल्लामा ०८० कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पले खानेपानीको मुहान भासिएपछि रिम्नागाउँमा खानेपानीको समस्या भएको हो । रिम्नाका करिव ३ सय ५०…
हत्या घटनाका आरोपित नन्देभाइ गिरफ्तार
माडी नपा-७ देवेन्द्रपुरकी ७१ वर्षीया विष्णुमाया रानाभाटलाई खुर्पा प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले माडी नपा-७ का ६२ वर्षीय नन्देभाइ (नन्दका पति) टीकाराम रानाभाटलाई असोज २६ गते गिरफ्तार गरेको छ…