नेविसङ्घका कार्यकर्ताको आक्रमणबाट एमाले उम्मेदवार घाइते
चुनावी सभा गरेर घोराही फर्कँदै गरेका नेकपा एमालेका वडाध्यक्षका उम्मेदवार २५ वर्षीय विवेक बुढाथोकीलाई नेविसङ्घका कार्यकर्ताले आक्रमणमा गरी गम्भीर घाइते बनाएका छन् ।
जेठ ११ गते घोराही उपमहानगरपालिका-५ वसन्तापुर भन्ने स्थानमा चार/पाँच जनाको समूहले रड प्रहार गरी पीडित बुढाथोकीको गोडा भाँचिदिएको प्रहरीले जनाएको छ ।
घाइते बुढाथोकीको प्राथमिक उपचार राप्ती उपक्षेत्रीय अस्पतालमा गरेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको छ ।
चुनावी सभा गरेर फर्कँदै गरेको अवस्थामा 'काम छ' भनेर स्थानीय होटेलमा बोलाएर पेस्तोल ताकेपछि भाग्नेक्रममा चार/पाँच जनाको समूहमा आएका नेविसङ्घका कार्यकर्ताले रड प्रहार गरेको पीडितले बताए ।
बुढाथोकीको दाहिने गोडाको घुँडादेखि माथि भाँचिएको छ । राति ९ः३० बजेको समयमा उक्त घटना भएकाले आक्रमण गर्नेहरूलाई चिन्न नसकिए पनि 'काम छ' भनेर बोलाउने नेविसङ्घ दाङका जिल्ला सदस्य मेखबहादुर चौधरी र स्थानीय कमल वली (टाइगर) रहेको पीडितले बताए ।
जिल्ला प्रहरी कार्यालयबाट गएको प्रहरी टोलीले घाइते भएका उम्मेदवार बुढाथोकीको उद्धार गरी अस्पताल पुर्याएको डिएसपी भुवनेश्वर तिवारीले बताए ।
आरोपितहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । नेकपा एमाले दाङले विज्ञप्ति निकालेर घटनाको भत्सर्ना गर्दै दोषीमाथि कारबाहीको माग गरेको छ । बुढाथोकी घोराही उपमहानगरपालिका-५ का एमालेको तर्फबाट वडाध्यक्षका उम्मेदवार हुन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…