नेविसंघद्वारा संसद् भवन अगाडि प्रदर्शन, ११ जना गिरफ्तार

  २०८१ जेठ ४

संसदीय छानबिन समिति गठन गर्न नेविसंघले संसद भवन अगाडि जेठ ४ गते प्रदर्शन गरेको छ । प्रदर्शनका क्रममा प्रहरीले ११ जना नेता तथा कार्यकर्ताहरूलाई गिरफ्तार गरेको छ ।

गिरफ्तार हुनेहरूमा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यहरू मिरा कटुवाल, उपासना अधिकारी, सुशील खनाल, किशोर ढुङ्गाना, श्रेयाद पुडासैनी, कोटेश्वर बहुमुखी क्याम्पका स्ववियु सभापति सन्जय बुढाथोकी, सुधन पराजुली, बिनोद रावल, दिपक साउद, नवीन जोशी र शमशेर रावल  रहेका छन् ।

प्रहरीले दुई जना महिला प्रदर्शनकारीहरूलाई दुर्व्यवहार गरेको  नेविसंघका जयरामले बताउनु भयो।

नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरिरहेका नौ जना पुरुष र दुई जना महिलालाई गिरफ्तार गरेको जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिनुभयो ।

 प्रदर्शनकारीहरूले गिरफ्तार गरिएका विद्यार्थी नेताहरुलाई निसर्त रिहा र  सहकारी ठगीको निष्पक्ष छानबिन गर्नुपर्ने माग राखेका छन् ।


दीपा सुनुवार