नेविसंघका कार्यकर्ताद्वारा मिनभवन क्याम्पसमा तोडफोड
नेपाली कांग्रेस निकट नेविसंघका कायकर्ताले मिनभवनस्थित नेपाल कमर्स क्याम्पसमा ०७९ पुस २४ गते बेलुकी तोडफोड गरेका छन् ।
आफूहरूले भनेका विद्यार्थीहरू बीबीएको कोटामा भर्ना हुनुपर्ने भन्दै नेविसंघका नेता विश्वहरि खड्का र रणेन्द्र बोहोराले क्याम्पसमा तोडफोड गरेका हुन् ।
नेपाल कमर्स क्याम्पसका क्याम्पस प्रमुख ध्रुव सिलवालले आफूले भर्नाका लागि कोटा नभएको बताएपछि उनीहरूले क्याम्पस प्रशासनको कोठामा छिरेर तोडफोड गरेको इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो । तोडफोडबाट क्याम्पसका २ ओटा प्रिन्टर, २ ओटा कम्प्युटर र एउटा कुर्सीमा क्षति पुगेको र आफूहरूले घटनाका बारेमा प्रहरी वृत्त तीनकुनेमा मौखिक उजुरी दिएको उहाँले बताउनुभयो।
घटनाका बारेमा जानकारी आएलगत्तै प्रहरी वृत तिनकुनेबाट खटिएको टोलीले स्थलगत निरीक्षण गरी घटनाको अनुसन्धान गरेको र घटनापछि फरार आरोपितहरूको खोजीकार्य जारी राखेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
विमल पौडेल
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…