नेमकिपाका कार्यकर्ताले 'नागरिक दैनिक' जलाए
नागरिक दैनिक पत्रिकाले पार्टीको चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै नेपाल मजदुर किसान पार्टी जुम्लाका कार्यकर्ताले चैत २९ गते साँझ जिल्ला प्रशासन कार्यालय अगाडि नागरिक दैनिक पत्रिका जलाएका छन् ।
स्थानीय तहको निर्वाचन नजिकिँदै आाउँदा निर्वाचनका विषयमा आफ्नो पार्टीका व्यक्तिका नाममा तथ्यहीन समाचार प्रकाशन गरेपछि पत्रिका जलाइएको नेमकिपा जुम्लाका अध्यक्ष शिवलाल डाँगीले बताए ।
पत्रिका जलाउनका लागि आयोजित कार्यक्रममा बोल्दै नेपाल मजदुर किसान पार्टीका जिल्ला अध्यक्ष शिवलाल डाँगीले पार्टी पंक्तिलाईसमेत अतिरञ्जित बनाउने गरी आएको समाचारप्रति आफ्नो पार्टीको गम्भीर आपत्ति भएको बताए । उनले उक्त समाचार नसच्याए पत्रिका जुम्ला आगमनमा समेत रोक लगाइने चेतावनी दिए ।
चैत २९ गतेको नागरिक पश्चिमेली पेजमा नेपाल मजदुर किसान पार्टी निकट शिक्षक सङ्गठनका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धिताललाई शिक्षक पेशा छोडेर नेकपा माओवादी केन्द्रबाट सिजा गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेको भन्ने समाचार प्रकाशित भएको थियो ।
नागरिक दैनिक जुम्लाका सम्वाददाता डिवि बुढाले आफूले नियतबस उक्त समाचार सम्प्रेषण नगरेको र केन्द्रमा सम्पादन कार्यमा गल्ती भएको प्रतिक्रिया दिए । उनले भने-'उक्त कुरा सच्चाएर प्रकाशन हुने छ ।'
मानदत्त रावल
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…