नेपाल विद्यार्थी सङ्घ र प्रहरीबिच झडप दुई प्रहरीसहित ११ जना घाइते
सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य बृद्धि र इन्टरनेटको मुल्य बृद्धिको विरोधमा नेपाली कङ्ग्रेसनिकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) ले निकालेको मसाल जुलुसमा प्रहरी र विद्यार्थीबिच झडप भएको छ ।
बिद्यार्थीले ०७५ जेठ २९ गते साँझ पोखरा-लेखनाथ मनपा-१ पृथ्वीनारायण क्याम्पस चोकबाट निकालेको मसाल प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुवै पक्षबिच झडप भएको हो ।
झडपमा परी प्रहरी जवान अजय नेपाली र रविशरण बस्नेत घाइते भएका छन् । त्यस्तै नेविसङ्घका जमुना नेपाली, मिनराज शाही, सागर रानाभाट, फिरोज सुवेदी, कमल पौडेल, दिपेन्द्र गौतम, निरज राना, अञ्जित पौडेल र गोविन्द शाही घाइते भएको नेविसङ्घ कास्की जिल्ला अध्यक्ष विकास थापाले बताए ।
घाइते सबैको उपचार पोखराका विभिन्न अस्पतालमा भएको छ । प्रहरीले भिड नियन्त्रणको लागी भन्दै एक राउण्ड हवाइ फायर र १६ सेल अश्रुग्यास समेत प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर जगदिश घिमिरेले बताए ।
संगीता भाट
सम्बन्धित समाचारहरू
बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला
१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ…
बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा रोशी गाउँपालिका–१२, भिमखोरीका ५२ वर्षीय आफन्तलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले माघ ८ गते बलात्कार प्रयास…
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली !
आगलागीले घर नष्ट भएपछि दलित परिवारको बिचल्ली भएको छ । धुर्कोट गाउँपालिका–१, खर्कटोल नयाँगाउँकी अनिता परियारको घर जलेर नष्ट भएपछि दैनिक जीवन कष्टकर बनेको छ । माघ २३ गते साँझ एक्कासी…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सहीदभूमि गाउँपालिका-६,आँखीसल्लाका ३१ वर्षीय नरेन्द्र राईलाई माघ २४ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ माघ २ गते बलात्कार गरेको आरोपमा…
केवलकार निर्माण विवाद : माघ २७ गते वार्ता, गिरफ्तारीमा परेका तीन जना रिहा
पाथीभरा(मुकुम्लुङं) क्षेत्रमा केवलकार निर्माणको विषयलाई लिएर आन्दोलनरत पक्षसँग नेपाल सरकारले माघ २२ गते गरेको सहमतिका आधारमा प्रहरीले तीन जनालाई रिहा गरेको छ । पहिचानवादी मोर्चाका ताप्लेजुङ जिल्ला संयोजक तेहृथुमका प्रदीप…