नेपाल मानव विकास सुचाङ्कको १ सय ४७ औँ स्थानमा
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपाल विश्व मानव विकासको सूचाङ्कमा १ सय ४७ औँ स्थानमा रहेको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले प्रदेश ३ को राजधानी हेटौँडामा मङ्सिर २४ गते सार्वजनिक गरेको मानव विकास प्रतिवेदन–२०१९ अनुसार १ सय ८९ देश र क्षेत्रमध्ये नेपाल १ सय ४७ औँ स्थानमा रहेको छ । नेपालसँगै समान श्रेण्ीामा केन्या रहेको युएनडिपीका सञ्चार प्रमुख कमलराज सिग्देलले बताउनुभयो ।
प्रतिवेदन अनुसार नेपालको मानव विकास सुचाङ्क मुल्य सन् २०१८ का लागि ०.५७९ रहेको छ । सन् १९९० देखि २०१८ सम्ममा नेपालको मानव विकास सुचाङ्क मुल्य ०.३८० देखि ०.५७९ बृद्धि भएको छ ।
यो अवधिमा नेपालमा जन्मदरको औषध आयु १६.१, विद्यालय शिक्षाको मध्यम वर्ष २.८ र विद्यालय शिक्षाको अपेक्षित वर्ष ४.७ ले बृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनले एशिया प्रशान्त क्षेत्रमा मानव विकासमा उल्लेख्य सुधारभएपनि त्यो सुधार असन्तुलित रहेको उल्लेख गरेको छ ।
कृषि तथा वन विश्वविद्यालय चितवनको सहकार्यमा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपि) का सञ्चारप्रमुख कमलराज सिग्देल र प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूण नेपालले संयुक्त रूपमा मानव विकास प्रतिवेदन–२०१९ सार्वजनिक गर्नुभएको थियो ।
जनताको जीवनस्तर उकास्न तीनै तहको सरकार लागिपरेका छन्: मन्त्री नेपाल
प्रदेश ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नेपालले जनताहरूको जीवनस्तर उकास्न तीनै तहको सरकार लागीरहेको बताउनुभएको छ ।
जनचाहना अनुसार देशमा स्थीर सरकार बनेको र कम्तीमा पनि पाँच वर्षको लागि काम गर्ने सरकार बन्दा जनताका धेरै समस्याहरू समाधान भएको उहाँको धारणा थियो ।
संयुक्त राज्य विकास कार्यक्रम (यूएनडिपी) द्वारा आज हेटौँडामा आयोजित मानव विकास प्रतिवेदनमाथिको छलफल कार्यक्रममा बोल्दै मन्त्री नेपालले मानव विकासको आधारको रूपमा जनताले स्थीर सरकार प्राप्त गरेको बताउनुभयो ।
विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थाहरूले नेपालको आर्थिक बृद्धिदरमा उल्लेख्य सुधार भएको बताउनुले पनि सरकारका कदमहरू जनताका जीवनस्तर उकास्न र जनतालाई खुशी दिनतर्फ केन्द्रीत छ भन्ने बुझ्नुपर्ने उहाँले बताउनुभयो ।
पुष्पराज अधिकारी
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्लाको मदाने गाउँपालिका-६, पुर्कोटदहका २१ वर्षीय सम्राट चुदारालाई प्रहरीले ०८१ मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १७ गते…
बलात्कार गरेको कसुरमा १० वर्ष कैद सजायको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले ठाकुरबाबा नगरपालिका-५ का २१ वर्षीय निरज थारुलाई १० वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश डल्लुराम चौधरीको ०८१ मङ्सिर…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रौतामाई गाउँपालिका घर भई हाल त्रियुगा नगरपालिका-३ मोतिगडामा बस्दै आएका १५ बर्षीय बालकलाई प्रहरीले मङ्सिर १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले…
सङ्क्रमणकालीन न्याय आयुक्तहरूको छनौटमा सम्झौता नगर्न अधिकारकर्मीहरुको माग
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका पदाधिकारी छनौट प्रक्रियालाई प्रतिस्पर्धी र गुणस्तरीय बन्न नदिन र यसलाई पुनः तेस्रो पटक समेत दलीय भागबन्डाको चक्रव्यूहमा फसाउने दुष्प्रयासका…
स्थानीय तह उपनिर्वाचन ०८१- कोशी प्रदेशमा ५ सय ४८ मत बदर
स्थानीय तह उपनिर्वाचन ०८१ मा कोशी प्रदेशमा २९ हजार ६ सय ३० मत खसेकोमा ५ सय ४८ मत बदर भएको छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार ग्रामथान गाउँपालिकाको अध्यक्ष…