नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशाला सम्पन्न
इन्सेकले सन् १९९२ देखि हरेक वर्ष प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तकको आगामी वर्षदेखि केही परिमार्जित ढाँचामा ल्याउने उद्देश्यले काभ्रेको धुलिखेलमा आयोजित दुई दिने कार्यशाला सम्पन्न भएको छ ।
नेपाल मानव अधिकार वर्ष पुस्तक परिमार्जनसहित इतिहासको निरन्तरता विषयक कार्यशालामा इन्सेकका पूर्व अध्यक्ष सुबोधराज प्याकुरेलले थातथलोमा नै गएर पीडितसँग कुराकानी गरेर ल्याएको तथ्यले वर्ष पुस्तकको विश्वसनीयता बढाउने बताउनु भयो ।
उहाँले मानव अधिकार उल्लङ्घनका घटनाको तथ्य र तथ्याङ्कलाई पठनीय र सङ्ग्रहनीय हुने गरी प्रस्तुत गर्नु पर्ने बताउनु भयो ।
इन्सेकका अध्यक्ष डा. कुन्दन अर्यालले नेपाल मानव अधिकार वर्ष पुस्तकले मान्छेका अधिकारलाई मुखरित गर्नु पर्नेमा जोड दिनु भयो ।
इन्सेकका महासचिव रघुनाथ अधिकारीले इन्सेकको स्रोत र साधन र जनशक्तिको मितव्ययी परिचालनबाट ओजिलो पुस्तक प्रकाशन गर्नु पर्ने बताउनु भयो ।
इन्सेकका कार्यकारी निर्देशक विजयराज गौतमले नेपाल मानव अधिकार वर्ष पुस्तकमा सुधार्नु पर्ने विषयमा सुधार गर्दै र नयाँ थप गर्नु पर्ने विषयसमेत थप गर्दै अझै परिष्कृत बनाउने बताउनु भयो ।
मानव अधिकार वर्ष पुस्तकको आगामी अङ्कहरूका परिमार्जनका सन्दर्भमा छलफल गर्न आयोजित कार्यशालामा मानव अधिकार प्रलेख तथा प्रसार विभागका प्रमुख मदन पौडेलले वर्ष पुस्तक तयारीको समयरेखासहित योजना प्रस्तुत गर्नु भयो ।
त्यसैगरी कृष्ण गौतमले व्यव्थापिका, सम्झा श्रेष्ठले न्यायपालिका, रमेशप्रसाद तिमल्सिनाले कार्यपालिका लेखनमा गरिएको अभ्यास र आगामी योजना प्रस्तुत गर्नु भयो ।
अनुज केसीले तथ्याङ्क प्रस्तुती र सुना प्याकुरेलले दलितका अधिकार र फौजदारी न्यायका सवालमा योजना र ढाँचा प्रस्तुत गर्नु भएको थियो ।
प्रस्तुत ढाँचामा इन्सेक कार्यसमितका पूर्व सदस्य शोभाकर बुढाथोकी, अधिवक्ता रविन्द्र भट्टराई, मिडिया विज्ञ विनोद भट्टराई, प्रतिनिधिसभाका सचिव गोपालनाथ योगी,राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले टिप्पणी गर्नुका साथै सुझाव दिनु भएको थियो ।
उहाँहरूले नेपाल मानव अधिकार वर्ष पुस्तकलाई अझै परिष्कृत गर्न आआफ्नो ठाउँबाट सहयोग गर्नेसमेत बताउनु भएको छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
महिला हत्या घटनाका आरोपित गिरफ्तार
चितवनको राप्ती नगरपालिका-७ घर भई हाल काठमाडौँ महानगरपालिका-२६ भगवती बहाल बस्ने २६ वर्षीया जेनिशा तामाङलाई कुटपिट गरी हत्या गरेको आरोपमा काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१० का ३० वर्षीय अमर रञ्जितकारलाई प्रहरीले ०८०…
अज्ञात पक्षद्वारा धारिलो हतियार प्रहार गरी हत्या
अज्ञात पक्षद्वारा प्रतापपुर गाउँपालिका– ८, बेरिहवाका ५१ वर्षीय तिलकराज भेडियार र उनकी पत्नी ५० वर्षीया निर्मला भेडियारको घर नजिकै रहेको भैसीगोठमा सुतिरहेको अवस्थामा जेठ २३ गते धारिलो हतियार प्रहार गरी…
बालविवाह कसुरमा तीन वर्ष कैद
१४ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा खडक नगरपालिका–९ लालपट्टीका २१ वर्षीय धिरेन्द्रकुमार साहलाई जेठ २४ गते तीन वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासले आरोपितले…
मानव बेचबिखन कसुर ठहर गर्दै १५ वर्ष कैदको फैसला
१४ वर्षीया बालिकालाई बेचबिखन गरेको कसुर ठहर गर्दै जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलले जेठ २२ गते राजपुर गाउँपालिका–७ की ३० वर्षीया सृया भनिने शान्ति थापा मगरलाई १५ वर्ष कैदको फैसला…
बलात्कार घटनाका आरोपित गिरफ्तार
३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नगरपालिका–१३ का ३६ वर्षीय शुरेश कुमार साहलाई इलाका प्रहरी कार्यालय लहानले जेठ २१ गते गिरफ्तार गरेको छ । आरोपितले जेठ ८ गते बलात्कार…