नेपाल कम्युनिष्ट पार्टी आबद्ध १० जना कलाकार गिरफ्तार
नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आबद्ध १० जना कलाकारलाई प्रहरीले जेठ २३ गते गिरफ्तार गरेको छ ।
सुकीदह गाउँपालिकाको पाछाबाङमा सांस्कृतिक कार्यक्रम गरी दुईखोली गाउँपालिकाको इरिबाङ पुगेका कलाकारलाई प्रहरीले चुनाव विरोधी गतिविधि गरेको आरोपमा गिरफ्तार गरेको हो ।
गिरफ्तार पर्नेहरूमा पाँच जना बालबालिका रहेका छन् । उक्त पार्टीको जनसांस्कृतिक टोलीका सदस्यहरू दुईखोली गाउँपालिका-३ इरिबाङका २३ वर्षीय रोशन डाँगी, १८ वर्षीय तारा परियार, सुनछहरी गाउँपालिका-५ जैमाकसलाका २० वर्षीय कृष्ण पुन, २० वर्षीय समिर पुन, १८ वर्षीया ज्योती पुनमगर, रोल्पा नगरपालिका-२ लिबाङका १६ वर्षीय वीरेन्द्र पुन, भूम्या गाउँपालिका-९ चुनबाङ रूकुमकी १६ वर्षीया श्रृष्टिना पुन, लुङ्ग्री गाउँपालिका-१ पाङकी १७ वर्षीया मञ्जु घर्ती, त्रिवेणी गाउँपालिका-६ जुँगारकी १६ वर्षीया प्रभा खड्का र विना पुनलाई प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।
उनीहरूलाई सार्वजनिक अपराधको मुद्दा चलाइएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिए ।
नेकपाका जिल्ला सेक्रेटरी दलबहादुर खत्री 'जागृती'ले स्वतन्त्र रूपमा सांस्कृतिक कार्यक्रम गर्दै हिँडेका आठ जना कलाकार र कलाकारहरू बसेका घरका दुई जनालाई समेत प्रहरीले गिरफ्तार गरेको बताए ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
राष्ट्रिय मानव अधिकार आयोगको श्रेणी घटुवाको सिफारिस उचित नभएको नागरिक सङ्घसंस्थाको ठहर
इन्सेक लगायत नागरिक सङ्घसंस्थाका विभिन्न सञ्जालहरूले राष्ट्रिय मानव अधिकार आयोग नेपालको श्रेणी घटुवाको सिफारिसको विषयलाई चिन्तित भएको जनाएका छन् । इन्सेक सहित २५ ओटा नागरिक सङ्घसंस्थाहरूका सञ्जालहरूको काठमाडौँमा बसेको ०८०…
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित
गृहमन्त्रालयले संसोधित नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित गरेको छ । गृहमन्त्रालयले ०८० असोज ४ गते नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली २०८० राजपत्रमा प्रकाशित भएसँगै नयाँ व्यवस्था अनुसार बुबाको ठेगाना नभएका…
सिंहदरबारबाट नेकपा (क्रान्तिकारी माओवादी) का १७ जना कार्यकर्ता गिरफ्तार
विद्यालय शिक्षा विधेयकको विरोधमा सिंहदरबारभित्र पसेर प्रदर्शन गर्न खोज्ने महोन वैद्य किरण नेतृत्वको क्रान्तिकारी नेकपा निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीका १७ जना कार्यकर्तालाई प्रहरीले ०८० असोज ५ गते गिरफ्तार गरेको…
४१ औं अन्तराष्ट्रिय शान्ति दिवसमा दिप प्रज्वलन कार्यक्रम
“शान्तिको लागि कार्यः Global Goals को लागि हाम्रो महत्वकांक्षा” भन्ने मूल नाराका साथ ४१ औं अन्तराष्ट्रिय शान्ति दिवसको अवसरमा जनकपुरधामको जनक चौकमा ०८० असोज ४ गते दिप प्रज्वलन कार्यक्रम समपन्न भएको…
इन्सेक प्रतिनिधिलाई कुटपिट घटनाका आरोपित प्रहरीलाई कारबाहीका लागि पत्राचार
इन्सेक सप्तरी, प्रतिनिधि तथा पत्रकार मनोहर कुमार पोखरेलमाथि भएको कुटपिट घटनाको उजुरी दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला सरकारी वकिलको कार्यालयले असोज ४ गते जिल्ला प्रहरी कार्यालय पठाउने निर्णय गरेको…