नेपाल कम्युनिष्ट पार्टीका चार कार्यकर्ता गिरफ्तार

स्थानीय निर्वाचनको विरोध तथा बहिष्कार गर्न भन्दै विभिन्न गतिविधिमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकतालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले वैशाख २९ गते गिरफ्तार गरेको छ ।

सो पार्टीद्वारा आह्वान गरिएको वैशाख ३० र ३१ गते गरेको र सोही सिलसिलामा चुनाव विरोधी गतिविधि गरेको एरिया इञ्चार्ज खुमानसिंह परियार, जिल्ला सदस्य राजेन्द्रप्रसाद शाह, वडा कमिटी सदस्य नन्दलाल पुरी, पश्चिम कमाण्डर मानबहादुर बुढालाई वडा प्रहरी कार्यालय चन्द्रौटाले गिरफ्तार गरेको जनाएको छ ।

निर्वाचन आचारसंहिता विपरीत सो पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण कपिलवस्तुको जनजीवन प्रभावित बनेको छ ।


नन्दराम पौडेल