नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरीसहित तीनजना गिरफ्तार
राप्ती गाउँपालिका-२ सिसहनीया निवासी नेपाल कम्युनिष्ट पार्टी दाङका सेक्रेटरी ३९ वर्षीय यामलाल पुजारी, सोही ठाउँका दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष २९ वर्षीय सुरज परियार र तथा गढवा गाउँपालिका-४ निवासी सोही पार्टीका गढवा गाउँपालिकाका सेक्रेटरी २८ वर्षीय ओमप्रकाश चौधरीलाई प्रहरीले फागुन ११ गते घोराहीबाट गिरफ्तार गरेको छ ।
घोराहीको तुलसीपुर चोकमा कोण सभाको तयारी गरिरहेका आफ्ना पार्टीका नेताहरूलाई प्रहरीले गिरफ्तार गरी हिरासतमा राखेको नेपाल कम्युनिष्ट पार्टीका राप्ती व्यूरो इन्चार्ज सुवासले जानकारी दिए । उनले शान्तिपूर्ण रूपमा सभा सम्मेलन गर्न रोक लगाएको आरोपसमेत लगाए ।
सामाजिक जीवनमा खलल पुग्ने काम गरेको भन्दै उनीहरूलाई गिरफ्तार गरिएको र सोधपुछपछि हिरासत मुक्त गरिने दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन् ।
जे.एन.सागर
सम्बन्धित समाचारहरू
मानव वेचविखन आरोपमा अनुसन्धानका लागि कोशी प्रदेशका निर्वतमान कानून मन्त्री गिरफ्तार
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले गिरफ्तार गरेको छ । मानव बेचविखन घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि ०८१ कात्तिक २५ गते विराटनगर महानगरपालिका-२ स्थित…
वडा कार्यालय र स्वास्थ्य चौकीमा तोडफोड
रङ्गेली नगरपालिका-९ को वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा तोडफोड भएको प्रहरीले जनाएको छ । रङ्गेली नगरपालिका-९ फर्साडाँगीस्थित वडा कार्यालय र स्वास्थ्य चौकी भवनमा ०८१ कात्तिक २२ गते तोडफोड भएको…
बर्दियामा बलात्कारको घटना बढ्दै
बर्दियामा बलात्कारको घटना बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार बलात्कारको घटना बढ्दै गएको पाइएको हो । जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तीमगरका अनुसार आर्थिक वर्ष २०८१/८२…
लोती नदीमा पुल निर्माण नगर्दा तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता
चंखेली गाउँपालिका–४ को केन्द्र पिप्लाङ भन्दा एक किलो मिटर पुर्वको लोती नदीमाथि तुइन तरेको भाडा तिर्नुपर्ने बाध्यता रहेको स्थानीयले गुनासो गरेका छन् । लोती नदीमा बन्नुपर्ने पुल हालसम्म नबनेका कारण…
भूकम्प पीडित भन्छन् – 'घर पाउने आशा मरिसक्यो'!
गत वर्ष कात्तिक १७ गतेको भूकम्पले आवास विहिन नागरिक न्यानो घर पाउने आशा मारिसकेका छन् । भूकम्पले घर भत्किएर धनजनको क्षति गरेको एक वर्ष बितेपनि दोस्रो किस्ताको रकम पाउँदा विचल्लीमा…