नेपाल कम्युनिष्ट पार्टी बम विष्फोटनको जिम्मा लियो
वीरेन्द्रनगर नपा-८ स्थित माथिल्लो कर्णाली जलविद्युत आयोजनाको जिम्मा लिएको जिएमआर कम्पनीको मुख्य कार्यालयमा बम विष्फोट गराएको नेपाल कम्युनिष्ट पार्टी जिम्मेवारी लिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी पोलिटव्युरो सदस्य भरत बम रणबीरले राष्ट्रहित विपरीत सरकारले आयोजनाको म्याद थप गरेको विरोधमा बम विष्फोटन गराइएको बताए ।
आयोजना खारेजको माग भइरहेको समयमा सरकारले आयोजनाको म्याद थप गरेकोमा विरोधस्वरूप जिएमआरको वीरेन्द्रनगरस्थित मुख्य कार्यालय र दैलेखमा रहेको शाखा कार्यालयमा एकैपटक बम विष्फोट गराइएको भरतले जानकारी दिए ।
जिएमआर कम्पनी बसेको घरमा माघ २७ गते राति बम विष्फोट भएको थियो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा माघ २८ गते नेपाल कम्युनिष्ट पार्टी तीन जना कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
गिरफ्तार हुनेमा वीरेन्द्रनगर नपा-८ की ३८ वर्षीया गोमा वली रहेकी छन् भने अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन । वलीसहित तीनैजनालाई जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका इन्स्पेक्टर ध्रुव थापाले बताए ।
नेपाल कम्युनिष्ट पार्टी कार्यकर्ताले जिएमआर कम्पनी बसेको घरमा शक्तिशाली बम विष्फोट गराउँदा कम्पनी बसेको घरमा कुनै क्षति नभएपनि २० मिटर पूर्वमा रहेका दुई वटा घरमा झयालका सिसा फुटेका थिए ।
दुर्गा थापा
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नारायण नगरपालिका–६, भूर्तीका २६ वर्षीय रणबहादुर नेपालीलाई प्रहरीले ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ २२ गते बलात्कार गरेको…
जिल्ला अस्पतालमा जनशक्तिको अभाव, सेवाग्राही मर्कामा
जिल्ला अस्पताल कालिकोटमा दक्ष जनशक्ति अभावका कारण सेवाग्रहीहरू मर्कामा परेका छन् । आकर्षक अस्पताल भवन निमार्ण भए पनि सेवाको गुणस्तर कमजोर भएपछि यहाँ आउने बिरामीहरूले सास्ती भोग्नु परेको हो । गुणस्तरीय…