नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा हुम्ला र मुगुको खाद्यान्न कब्जा
हुम्ला र मुगुका लागि पठाइएको खाद्यान्नमा दोहोरो कर उठाइएको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले खाद्यान्न सामग्रीबिच बाटोमै कब्जा गरेका छन् ।
हुम्ला र मुगु दुवै जिल्लाका स्थानीय तहले कर उठाएको भन्दै उनीहरूले ०७४ पुस २७ गतेबाट नून, तेल र चामललगायतका खाद्यान्न बोकेका ३ सय खच्चर रोकेर राखेका जनाइएको छ ।
हुम्ला र मुगुको सीमाना क्षेत्र बाउँ भन्ने ठाउँमा खाद्यन्न रोकेर राखेपछि हुम्ला र मुगुमा खाद्यान्नको अभाव भएको सर्केगाड गाउँपालिका हुम्लाका अध्यक्ष कृष्ण रोकायाले बताए ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले केही खबर नआएको र आफूहरूले त्यस विषयमा बुझन लगाउने बताए ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
यौन दुर्व्यवहार घटनाका आरोपितहरू गिरफ्तार
१४ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा इन्द्रावती गाउँपालिका-६ घरभई श्री कमला देवी माविका शिक्षक ४५ वर्षीय सुरेन्द्र कोइराला र सोही विद्यालयका शिक्षक ४९ वर्षीय कविराज पौड्याललाई प्रहरीले…
दलित भएकै कारण वृद्धाश्रममा बस्न नदिएको पीडितको आरोप, प्रहरीमा उजुरी
उर्लावारी नगरपालिका-१ की ६२ वर्षीया ज्येष्ठ नागरिक शोभा सुन्दास(परियार) ले दलित भएकै कारण विराटनगर महानगरपालिका-१ पुष्पलाल चोकस्थित जागृति वृद्धाश्रमले राख्न अस्वीकार गरेको आरोप लगाउनु भएको छ । दलित भएको भन्दै…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३८ वर्षीय बुवालाई प्रहरीले ०८० मङ्सिर २१ गते कावासोतीबाट गिरफ्तार गरेको छ । बालिकाले घटनाको बारेमा आफ्नो साथिलाई सुनाउनुभएको थियो र साथिले आफ्नो…
१५ औँ मानव अधिकार राष्ट्रिय महाभेला सुरु
'प्राकृतिक प्रकोप तथा विपदबाट प्रभावितहरुको मानव अधिकारको सुनिश्चितताः आजको आवश्यकता' भन्ने नाराका साथ १५ औँ मानव अधिकार राष्ट्रिय महाभेला ०८० मङ्सिर २२ गतेदेखि ललितपुरमा सुरु भएको छ । मानव अधिकारका…
हत्या प्रयास घटनाका आरोपित गिरफ्तार
तादी गाउँपालिका-४, सुन्दरादेवीकी २७ वर्षीया सूर्यमाया तामाङको खुकुरी प्रहार गरी हत्या प्रयास गरेको आरोपमा सोही ठाउँका पति ३० वर्षीय लक्ष्मण तामाङलाई प्रहरीले ०८० मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।…