नेपाल कम्युनिष्ट पार्टीका कार्यकताद्वारा वडाध्यक्ष अपहरण

कुशे गाउँपालिका-१ घरभई सोही वडाका वडाअध्यक्ष ३४ वर्षीय गोपाल नेपालीलाई मङ्सिर ९ गते बिहान नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले अपहरण गरेका छन् ।

बिहान २ बजे कुशे गाउँपालिका कार्यालय नजिक आफन्तको घरबाट नेपाल कम्युनिष्ट पार्टीका चार जनाको सङ्ख्यामा आएका सो पार्टीका कार्यकर्ताले अपहरण गरेको वडाध्यक्षका भाइ प्रमोद नेपालीले जानकारी दिए ।

नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इञ्चार्ज हरिचन्द्र जैसीले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन रोक्ने उद्धेश्यले वडाध्यक्ष नेपालीलाई आफ्ना पार्टीका कार्यकर्ताले अपहरण गरेको प्रतिक्रिया दिए ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी भावेश रिमालले वडाध्यक्ष अपहरण परेको जानकारी नआएको बताए । गोपाल नेपाली स्थानीय तहको निर्वाचनमा एमालेबाट कुशे गाउँपालिका-१ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।


दिनेशकुमार श्रेष्ठ