नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज गिरफ्तार
मङ्सिर ४ गते राति सहकारी तथा गरिबी निवारण राज्यमन्त्री तथा बाग्लुङ क्षेत्र नं १ को काङ्ग्रेस उम्मेदवार चम्पादेवी खड्काको घरमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सहइञ्चार्ज नन्दराम थापाई मङ्सिर ८ गते गिरफ्तार गरेको छ ।
थापालाई प्रहरीले काँठेखोला गाउँपालिका-४ स्थित उनकै निवासबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका डिएसपी विश्वराज सिंह थापाले बताए ।
घटनामा संलग्नहरूको खोजी गर्ने क्रममा थापालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको थापाले बताए ।
गृह मन्त्रालयले निर्वाचनका गतिविधिलाई प्रभावित गर्ने काम गर्ने जोसुकैलाई गिरफ्तार गर्न निर्देशन दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
'माथिबाट गिरफ्तार गरी कारबाही चलाउनु भन्ने निर्देशन आएको छ ।'-प्रमुख जिल्ला अधिकारी बिष्णुबहादुर थापाले भने-'सुरक्षा व्यवस्थालाई थप कडा बनाइएको छ ।' उनले विगतका निर्वाचनमा अवरोध गर्नेहरूको समेत खोजी भइरहेको बताए ।
सृजना पन्त
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयक ल्याउन द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…