नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा मतदातालाई धम्की
आगामी मङ्सिर १० गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनमा मतदानमा सहभागी नहुन नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्काएको मतदाताले गुनासो गरेका छन् ।
निर्वाचनका दिन मतदान गर्न गए जे पनि हुन सक्ने भन्दै नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले धम्की दिएको छायाँनाथ रारा नपा-१० का कृष्ण सेजवालले आरोप लगाए ।
छायाँनाथ रारा नपा-१० घट्टलेख गाउँमा पुगेका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले स्थानीय मतदाताका घरमा रहेका राजनीतिक दलका झण्डा, पोष्टर र पम्पलेटसमेत च्यातेका छन् ।
घरमा रहेका पर्चा, पोष्टर नफाल्न भनेको आरोपमा सोही गाँउका ५५ वर्षीय एमाले समर्थक कृष्ण सेजुवाललाई मङ्सिर २ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कुटपिट गरेको पीडितले आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूले पूर्वी करान भेगका केही क्षेत्र र छायाँनाथ रारा नपा-१०, ११ र १२ नम्बर वडालाई लक्षित गरी निर्वाचन विरोधी गतिविधि सञ्चालन गरिरहेका छन् । जिल्ला सुरक्षा समितिले यी क्षेत्र र जिल्लाका अन्य क्षेत्रका १८ ओटा मतदान केन्द्रलाई अति सम्वेदनशीलको सूचीमा राखेको छ ।
मतदातालाई निर्वाचनमा सहभागी नहुन धम्की दिएको तथा मतदातालाई कुटपिट गरेको भन्ने जानकारी पाउने बितिक्कै सुरक्षाकर्मीको परिचालन बढाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सम्वेदनशील क्षेत्रमा गस्ती गर्न र निर्वाचन विरोधी गतिविधि गर्नेलाई गिरफ्तार गर्न आदेश दिएको जिल्ला निर्वाचन कार्यालयका नायब सुब्बा राजिमान बुढाले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन-२०७४ का क्रममा वैशाख ३१ गते नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले छायाँनाथ रारा नपा-१२ शोभा गाउँस्थित मतदान केन्द्रबाट मतपेटिका, मतपत्र, ल्यापटपलगायतका मतदान सामग्री लुटेका थिए ।
यस पटकको निर्वाचनमा पनि जिल्ला बाहिरबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता मुगुमा जम्मा भएको बताइएको छ । जिल्लामा कुनै पनि बेला अप्रिय घटना हुनसक्ने भएकोले उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
छायाँनाथ नगरपालिकाका विभिन्न स्थानमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदातालाई धम्की दिएको भन्ने जानकारी आफूलाई पनि आएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।
जीवन सेजवाल
सम्बन्धित समाचारहरू
चिकित्सक कुटपिट घटनाका आरोपित गिरफ्तार
सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजका इन्टर्न डा. मनिष खड्कामाथि कुटपिट गरेको आरोपमा काठमाडौँ महानगरपालिका-९, सिनामङ्गलका ३४ वर्षीय सरोज गौतम र गुल्मी घर भइ काठमाडौँ महानगरपालिका-७, चाबहिल बस्ने २२ वर्षीय रूपक गौतमलाई…
ज्येष्ठ नागरिकको अधिकारको सुनिश्चित गर्न आयोगको आग्रह
राष्ट्रिय मानव अधिकार आयोगले सरकार तथा सरोकारवाला निकायलाई ज्येष्ठ नागरिकहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले ०८० असोज १४ गते विज्ञप्ति जारी गर्दै बदलिँदो…
न्यायका लागि पहल गरिदिन बेपत्ता पारिएका व्यक्तिका परिवारद्वारा इन्सेकसमक्ष आग्रह
साबिक पिपलडाडाँ गाविस-२ हाल चौतारा सागाचोकगढी नगरपालिका-६ की सीता बस्नेतले बेपत्ता पतिको न्यायका लागि पहल गरिदिन ०८० असोज १४ गते इन्सेकसमक्ष आग्रह गर्नुभएको छ । सीता बस्नेतकी पति कृष्णबहादुर बस्नेत…
बलात्कार घटनाका आरोपित गिरफ्तार
पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जन्तेढुङ्गा गाउँपालिका-६ दिप्लुङका २४ वर्षीय ट्वाँके माइला भनिने राजु राईलाई असोज १३ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० असोज १३…
बालकको मृत्यु शंकास्पद भन्दै आफन्तद्वारा कारबाहीको माग
वीरेन्द्रनगर नगरपालिका– ६ को मुख्य बजार क्षेत्रमा रहेको उषा बालवाटिका माध्यमिक विद्यालयको होस्टेलमा आठ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत भेटिएपछि आफन्तले दोषीलाई कारबाहीको माग गरेका छन् । स्कुलको घण्टाघर नजिककै…