नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मतदाता शिक्षा सामग्री जलाए
नेपाल कम्युनिष्ट पार्टी सल्यानले मतदाता शिक्षा सामग्री जलाएको आरोप छ । सो पार्टीका कार्यकर्ताले कात्तिक ३० गते राति १० बजे जिल्लाको बागचौर नगरपालिका-१ मा जिल्ला निर्वाचन कार्यालयबाट खटिएका एक मतदाता स्वयम्सेवकको घरबाट मतदाता शिक्षा सामग्री नियन्त्रणमा लिएर जलाएका हुन् ।
बागचौर नगरपालिका-१ कोटबेतका स्वयम्सेवक तोला बस्नेतको घरमा राति करिव १० बजेको समयमा तीन जनाको अपरिचित समूहले मतदाता शिक्षा सामग्री नियन्त्रणमा लिएर जलाएको बस्नेतले जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी परमानन्द घिमेरेले कानुनलाई हातमा लिएर अवाञ्छित कार्य गर्नेहरूको खोजी कार्य भइरहेको जानकारी दिए । उनले कानुनको धज्जी उडाएर कानुन विपरीत काम गर्ने जो कोहीलाई पनि नछोड्ने बताए ।
यसैबिच नेकपाका कार्यकर्ताहरूले कात्तिक २३ गते दिउँसो पनि मतदाता शिक्षा सामग्री र उम्मेदवारका प्रचार सामग्री नियन्त्रणमा लिएर जलाएका थिए ।
बागचौर नगरपालिका-३ खालीमा माओवादी र एमालेका कार्यकर्ताका हातबाट आफ्नो कार्यकर्ताले पर्चा पम्पलेट खोसेर जलाएको जिम्मा नेकपाका जिल्ला इञ्चार्ज डिल्लीराज शर्माले लिएका छन् ।
मीना बुढाथोकी
सम्बन्धित समाचारहरू
‘बालिका आमा’ को सङ्ख्या बढ्दै, एकै वर्षमा ९० किशोरीले जन्माए सन्तान
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ११ को विवाहसम्बन्धी कसुरको दफा १ सय ७३ मा ‘बाल विवाह गर्न नहुने’ सम्बन्धी व्यवस्था उल्लेख छ । जसको दफा १ मा ‘विवाह गर्ने…
कोशी प्रदेशमा प्रभावहीन बालमैत्री स्थानीय शासन अवधारणा
सरकारले बाल अधिकारको सम्मान गर्दै बालमैत्री स्थानीय तह बनाउनका लागि कार्यविधि जारी गरेपनि कोशी प्रदेशमा बालमैत्री स्थानीय शासन अवधारण गतिहीन भएको छ । नेपाल सरकारले बालमैत्री स्थानीय शासनको प्रर्वदन गर्नका…
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो
जिल्ला अस्पतालका चिकित्सकले ६ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । स्वास्थ्य सेवा कार्यालय हुम्ला अन्तर्गतको जिल्ला अस्पतालमा कार्यरत पाँच जना चिकित्सकले गत वैशाखदेखि पारिश्रमिक नपाएको गुनासो गरेका हुन् ।…
बालविवाह रोक्न बालिका बिमा
गैँडहवा गाउँपालिकाले गाउँपालिकामा जन्मिएका बालिकाहरूको बालिका बिमा गर्ने निर्णय गरेको छ । 'छोरी बचाउ छोरी पढाउ' अभियान अन्तर्गत गैँडहवा गाउँपालिकामा जन्मिएका बालिकाको प्रोत्साहन गरी छोरीको शैक्षिक विकास, छोरा र छोरी…
कोशी प्रदेशमा १ हजार ७ सय २७ जनामा डेङ्गीको सङ्क्रमण
कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गीको सङ्क्रमण बढेपछि चिकित्सकले उच्च सर्तकता अपनाउन आग्रह गरेका छन । कोशी प्रदेशमा ०८१ साउनदेखि ०८१ असोज २३ गतेसम्ममा १ हजार ७ सय २७ जनामा…