नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा जिशिअमाथि अमानवीय व्यवहार
जिल्ला शिक्षा अधिकारी चिरञ्जीवी पौडेललाई कार्यालयको सभा कक्षमा बैठकमा सहभागी रहेको अवस्थामा भदौ १२ गते नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु (क्रा.) का कार्यकर्ताले मोसो दलेर अमानवीय व्यवहार गरेका छन् ।
जिशिअ पौडेलले जिल्लाका विभिन्न विद्यालयको भवन निर्माण गर्दा ५ हजारदेखि २० हजार रुपियाँसम्म घुस लिएको आरोपमा कालो मोसो दल्नुका साथै जुत्ताको माला समेत लगाइएको नेपाल कम्युनिष्ट पार्टी रोल्पाका सेक्रेटरी दलबहादुर खत्री 'जागृति' ले जानकारी दिए ।
जिशिअ पौडेलले विद्यालयको आवश्यकता भन्दा फरक विषयका शिक्षकलाई घुस खाएर नियुक्ती गरेको, घुस दिने शिक्षकलाई समयमा तलव निकासा गर्ने तर अन्य शिक्षकको खाता रोक्का गर्ने गरेको, घुस लिएर शिक्षा ऐन विपरीत शिक्षकको सरुवा गरेको, घुस नदिने शिक्षकलाई विद्यालयमा पटक पटक अनुगमन भन्दै दुःख दिने गरेको सो सङ्गठनले आरोप लगाएको छ ।
स्रोत व्यक्तिसँगको बैठक चलिरहेको समयमा जिल्ला शिक्षा कार्यालय पुगेका विद्यार्थी नेताले मोसो दलेको स्रोत व्यक्ति राजेश धितालले जानकारी दिए । बैठक हलमा प्रवेश गरेका युवाहरूले सुरुमा नमस्कार गर्दै हालखबर सोधेका थिए । त्यस लगत्तै उनीहरूले मोसो दल्न थालेपछि जिशिअ पौडेलले प्रतिवाद गर्दा अनेरास्ववियु (क्रा.) का कार्यकर्ताले हातपात समेत गरेका थिए । हातपात गर्दा जिशिअ पौडेलको टाउकोमा चोट लागेको छ । जिशिअको उपचार जिल्ला अस्पताल रेउघामा भइरहेको छ ।
मोसो दल्न १०-१२ जना युवा जिल्ला शिक्षा कार्यालय पुगेका थिए । मोसो दले लगत्तै उनीहरू त्यहाँबाट भागेको प्रहरीले जनाएको छ । मोसो दल्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विरेन्द्र थापाले बताए । यसअघि पनि उक्त विद्यार्थी सङ्गठनले जिशिअलाई कार्यकक्ष भित्र राखेर बाहिरबाट ताल्चा लगाइदिएका थिए ।
माधवकुमार ओली
सम्बन्धित समाचारहरू
बलात्कार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका-९ का २० वर्षीय महेश तोलङ्गेलाई प्रहरीले ०८० मङ्सिर १७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले मङ्सिर १० गते धुलिखेलको एक…
मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपित गिरफ्तार
१६ वर्षीया दुई जना र १७ वर्षीया एक जना बालिकालाई बेचबिखन तथा ओसारपसार गरेको आरोपमा तनहुँ नगरपालिका-२ घर भई हाल टोखा नगरपालिका-९, नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेष्ट हाउस सञ्चालिका २५…
यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा अजिरकोट गाउँपालिका– ५ का ३१ वर्षीय पुरुषलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८० मङ्सिर १५ गते यौन…
हत्या घटनाका आरोपित गिरफ्तार
मध्यविन्दु नगरपालिका– १० का ६० वर्षीय होमबहादुर दराईको हत्या गरेको आरोपमा ३५ वर्षीय छोरा रुपेश दराईलाई प्रहरीले मङ्सिर १६ गते गिरफ्तार गरेको छ । होमबहादुरलाई २०८० मङ्सिर १६ गते साँझ…
बिना कसुर थुनामा राखेको भन्दै हिरासतभित्रै अनशनमा
सहकारीको रकम अपचलन गरेको आरोपमा गिरफ्तार परी अनुसन्धानमा रहनुभएका लमजुङको कालिका सहकारीका सञ्चालक समितिका सदस्य मिलन शर्मा दनाई आफूलाई बिना कसुर थुनामा राखेको भन्दै मङ्सिर १५ गते बिहान ५ बजेबाट…