नेपाल कम्युनिष्ट पार्टीद्वारा व्यक्तिको जग्गा कब्जा

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २७ गते दिउँसो भरतपुर महानगरपालिका-१३ कैलाशनगरमा रहेको १० बिगाहा जग्गा कब्जा गरेको छ ।

बिजय शाहको नाममा रहेको सो जग्गामा विवाद रहेको र उक्त जग्गा आफ्नो पार्टीको कब्जामा आएको भन्दै झण्डा गाडेर पार्टीले पर्चा समेत छाडेको प्रहरीले जनाएको छ । जग्गा कब्जा गरेर झण्डा गाड्ने व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


दिपेन्द्र अधिकारी