नेपाल कम्युनिष्ट पार्टीद्वारा आह्वान गरिएको बन्दका क्रममा सवारीसाधनमा तोडफोड
बन्दको अवज्ञा गरेको भन्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले कतै बम विष्फोट गराएका छन् त कतै सवारी साधनमा तोडफोड गरेका छन् ।
इन्सेक चितवन जिल्ला प्रतिनिधि दिपेन्द्र अधिकारीका अनुसार असार २७ गते बिहान चितवन खैरहनीमा सो पार्टीका कार्यकर्ताले यात्रुबाहक बसमा तोडफोड गरेको छन् । तोडफोडबाट बसमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
सर्लाहीको बरहथवाबाट काठमाडौँतर्फजाँदै गरेको ना ६ ख १०८५ नम्बरको बसमा बिहान पौने तीन बजे स्कुटरमा चढेर आएका सो पार्टीका कार्याकर्ताले ढुङ्गामुढा गरेको जिल्ला प्रहरी कार्यालयका एसपी दिपक थापाले बताए ।
इन्सेक रुपन्देही जिल्ला प्रतिनिधि रिमा विसीका अनुसार नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको अघिल्लो दिन असार २६ गते राति बुटवलको मिलनचोकमा बम बिष्फोट भएको छ । सानो बाल्टिनमा राखिएको विष्फोटक पदार्थ विष्फोट भएपनि मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बेलबहादुर पाण्डेले बताए ।
इन्सेक जुम्ला प्रतिनिधि मानदत्त रावलका अनुसार अज्ञात समूहले मालबहाक गाडी आगजनी गरेको छ । नेपालगञ्जदेखि जुम्लाका लागि मालसामान ल्याउँदै गरेको ना ७ ख ४६०२ नम्बरको मालबहाक गाडीमा आगजनी गरेको हो ।
चन्दननाथ नगरपालिका-६ स्थित हस्पिटल रोडमा मालसामान अनलोड गरिरहेको अवस्थामा अज्ञात समूहले गाडीको क्याविन भित्र पेट्रोल छर्केर आगजनी गरेको सवारी चालक प्रविन बिकले बताए । उनले भने-'गाडी पार्किङ गरेर पछाडिबाट सामान अनलोड गर्दै गर्दा अगाडि क्याविनमा पेट्रोल छर्केर आगजनी गरेर भाग्न लागेको अवस्थामा थाहा भयो ।'
जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरुविष्णु काफ्लेका अनुसार घटनाको मुचुल्का भएको छ भने गाडीमा कसले आगजनी गरेको हो अनुसन्धान सुरु गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका भेरी कर्णाली इर्ञ्चाज चन्द्रविर तिरुवाले बन्दको समयमा आफूहरूले मालबहाक गाडीमा आगजनी नगरेको बताए ।
इन्सेक कपिलवस्तु जिल्ला प्रतिनिधि नन्दराम पौडेलका अनुसार असार २७ गते पूर्वपश्चिम राजमार्गको चन्द्रौटादेखि पश्चिम बनकासावासामा अज्ञात समूहले चलिरहेको बसमाथि दिउँसो ४ बजे पेट्रोलबम प्रहार गर्दा बसमा सवार एकजना यात्रु घाइते हुनुका साथै बसमा क्षति पुगेको छ ।
ना ५ ख ८९४८ नं को बसमा जङ्गल माथिबाट अज्ञात समूहले फ्याँकेको पेट्रोल बम विष्फोट हुँदा बसमा सवार बाँके जिल्ला मौनामपुरका ५६ वर्षीय कमरुद्धिन ज्वोहार गम्भीर घाइते भएका छन् । घाइतेको प्राथमिक उपचारको लागि शिवराज अस्पतालमा लगिएकोमा थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल 'रिफर' गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी भोजजङ्ग शाहले जानकारी दिएका छन् ।
बसको पछाडि सिटमा बसेका घाइते ज्वोहारको टाउको, कान र हातमा चोट लागेको प्रहरीले जानकारी जनाएको छ । बसको पछाडिको भागमा सिसा फुटेको प्रहरीको भनाइ छ ।
अनलाइन डेस्क
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित गिरफ्तार
दुप्चेश्वर गाउँपालिका -७ नुवाकोट घर भई दक्षिणकाली नगरपालिका -६ बस्दै आएकी ४५ वर्षीया डोल्मा शेर्पाको हत्या गरेको आरोपमा प्रहरीले ६० वर्षीय पति जितबहादुर शेर्पालाई असोज २० गते भक्तपुरबाट गिरफ्तार गरेको…
खानेपानी अभाव हुँदा सेवाग्राही समस्यामा
जयपृथ्वी नगरपालिका–७ स्थित सुबेडा स्वास्थ्य चौकीमा खानेपानीको समस्या हुँदा सेवाग्राही समस्यामा परेका छन् । पानीको अभाव भएका कारण एक घण्टाको बाटो हिडेर खोलाबाट पानी बोकेर पिउनका लागि जम्मा गर्नु परेको…
स्वास्थ्य चौकीमा खानेपानीको अभाव हुँदा बिरामीलाई समस्या
अमरगढी नगरपालिका–३ स्थित घटाल स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि बिरामीलाई समस्या भएको छ । स्वास्थ्य चौकीमा खानेपानीको अभाव भएपछि सेवा लिन आउने गर्भवती, सुत्केरी, बिरामी र स्वास्थ्य चौकीमा कार्यरत कर्मचारीलाई…
कोशी प्रदेशमा मनसुनजन्य विपद्: पाँच जिल्लाका १८ ओटा विद्यालयमा क्षति
कोशी प्रदेशमा ०८१ जेठ २८ गतेदेखि सुरूआत भएको मनसुन ०८१ असोज १० गतेदेखि पुन सक्रिय भएपछि मनसुनजन्य प्राकृतिक विपदका कारण ४ अर्ब ६३ करोड ५० लाख रुपियाँ बराबरको भौतिक पूर्वाधारमा…
बाढी प्रभावित र प्रहरीबिच झडप, दुई जना प्रहरीसहित चार जना घाइते
भोक्राहा नरसिंह गाउँपालिकामा बाढी प्रभावित र प्रहरीबिच भएको झडपमा एक जना प्रहरीसहित तीन जना घाइते भएका छन् । बाढी प्रभावितहरूले भोक्राहा नरसिंह गाउँपालिका कार्यालय असोज २१ गते घेराऊ गरी राहत…