नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताद्वारा अमानवीय व्यवहार
जिल्ला समन्वय समिति रूकुममा कार्यरत असिष्टेण्ट सव-इञ्जिनियर ४५ वर्षीय चिताराम खड्कालाई घुस लिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले असार २२ गते सदरमुकाम खलङ्गास्थित मयूर होटलमा अमानवीय व्यवहार गरेका छन् ।
त्रिवेणी गाउँपालिकाको सडक निर्माण उपभोक्ता समितिबाट घुस लिन लागेको फेला परेकोले मोसो दलेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी चन्द्र बुढाले बताए । उपभोक्ता समितिबाट सव-इञ्जिनियर खड्काले बुझेको ८० हजार रूपियाँ नगदसमेत आफूहरूको कब्जामा रहेको उनले दावी गरे । उक्त रकम जिल्ला प्रशासन कार्यालयको रोहवर सम्बन्धित निर्माण उपभोक्ता समितिलाई फिर्ता गर्ने तयारी भइरहेको नेपाल कम्युनिष्ट पार्टी जिल्ला सेक्रेटरी बुढाले जानकारी दिए ।
प्राविधिकलाई अमानवीय व्यवहार भएको कुनै औपचारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी अङ्गुर जिसीले बताए । अमानवीय व्यवहार भएको भनिएका व्यक्ति सम्पर्कमा नआएपनि सडक निर्माण उपभोक्ता समितिले भने नगद लुटिएको भन्दै उजुरी दिएको डिएसपी जिसीले बताए ।
प्रेम बोहोराले १ लाख ८० हजार रूपियाँ लुटेको भन्दै उपभोक्ता समितिका प्रेमप्रशान्त बोहरालगायतका व्यक्तिद्वारा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी जिसीले बताए । जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नरेन्द्रकुमार रानाले प्राविधिकमाथि गलत व्यवहार भएको बताए ।
आदर्श केसी
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…