नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले खाँदबारी नगरपालिका-१ डडाँरेबाट असार १३ गते गिरफ्तार गरेको छ ।
भोजपुरको अरुण गाउँपालिका-४ घर भएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय ज्ञानेन्द्र विश्वकर्मालाइ प्रहरीले गिरफ्तार गरेको हो ।
उनलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको गस्ती टोलीले गिरफ्तार गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
गिरफ्तार गरिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई स्थानीय निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सार्वजनिक मुद्दा चलाउने तयारी भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी गौतमकुमार केसीले बताए ।
बाबुराम बास्तोला
सम्बन्धित समाचारहरू
कोशी प्रदेशका विभिन्न जिल्लामा पानीका मुहान सुक्दै जान थालेपछि बसाईसराइमा वृद्धि
कोशी प्रदेशका तराईसहित पहाडी जिल्लामा पानीका मुहान सुक्नुका साथै वातारणीय सन्तुलनमा समेत समस्या हुन थालेको छ । कोशी प्रदेशमा फैलिएर रहेको चुरे क्षेत्रमा प्राकृतिक दोहनका कारण जलवायु परिर्वतनका रूपमा तम्मर…
चार जनाको भरमा जिल्ला अस्पताल !
जिल्लास्तरीय अस्पताल चार जनाको भारमा मात्रै भनेर झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर, हिमालपारीको जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा रहेको मुस्ताङ जिल्ला अस्पताल अहिले दरबन्दीका चारजनाको भरमा सञ्चालित छ ।…
कर्णाली प्रदेशः घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाको स्वास्थ्यमा समस्या !
कर्णाली प्रदेशमा घरमै असुरक्षित सुत्केरी गराउँदा अधिकांश महिलाहरूको स्वास्थ्यमा समस्या देखिएको छ । कनकासुन्दरी गाउँपालिका–४, लेकपुर गाउँकी देबु बुढा गत वर्ष घरमै सुत्केरी हुनुभयो । बर्थिङ सेन्टर पुग्न तीन घण्टाको…
दाङका १० ओटै स्थानीय तहमा डेङ्गी सङ्क्रमित, अस्पतालमा बिरामीको भिड ! (फोटो फिचर)
दाङमा डेङ्गी रोगको सङ्क्रमण १० ओटै स्थानीय तहमा फैलिएको छ । मनसुन सकिए पनि रोगको सङ्क्रमणले बिरामी बढ्दै गएपछि अस्पतालमा बिरामीको भिड पनि बढेको छ । ०८१ जेठदेखि कात्तिक १५…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले चिंशखुगढी गाउँपालिका-५ कालीमाटीका २७ वर्षीय सुनिल खतिवडालाई कात्तिक १५ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई ०८१ कात्तिक १० गते बलात्कार गरेको आरोपमा…