नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता गिरफ्तार
निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले बढैयाताल गाउँपालिका-४ खैरेनीबाट असार ९ गते गिरफ्तार गरेको छ ।
बढैयाताल गाउँपालिका-४ निवासी नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता ३१ वर्षीय खुमबहादुर गिरी र सोही ठाउँका ४६ वर्षीय चन्द्रबीर बिकलाई प्रहरीले गिरफ्तार गरेको हो । उनीहरूलाई इलाका प्रहरी कार्यालय मैनापोखरको गस्ती टोलीले गिरफ्तार गरी हिरासतमा राखेको प्रहरीले जनाएको छ ।
गिरफ्तार गरिएका नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई स्थानीय निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सार्वजनिक मुद्दा चलाउने तयारी भएको इलाका प्रहरी कार्यालय बर्दियाका इन्स्पेक्टर देवेन्द्रबहादुर मल्लले बताए । यस अघि विभिन्न समयमा प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका १३ जना कार्यकर्तालाई गिरफ्तार गरी निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा सार्वजनिक मुद्दा चलाएको थियो ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
रोजगारीबाट पति घर नफर्किएपछि परिवारको बिचल्ली
भेरी नगरपालिका-११, महतारागाउँका अमृत टमटा रोजगारीको सिलसिलामा सात वर्षसम्म घर नफर्किएपछि परिवारको बिचल्ली भएको छ । सात वर्षअघि रोजगारीको सिलसिलामा मलेशिया गएका ४२ वर्षीय अमृत टमटा परिवारसग सम्पर्कविहिन भएपछि परिवार…
दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार
२१ वर्षीया युवतीलाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको आरोपमा दाङ जिल्लाको लमही नगरपालिका-५ का २१ वर्षीय रवि सिंह रसैलीलाई प्रहरीले ०८१ माघ २४ गते गिरफ्तार गरेको छ । आरोपितले म्यसेजिङ…
बलात्कार गरेको कसूरमा कैद सजायको फैसला
१६ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकालाई बलात्कार गरेको कसूरमा जानकी गाउँपालिका—२ का ७१ वर्षीय गजबहादुर मगरलाई ०८१ माघ २३ गते १० वर्ष कैद सजायको फैसला गरिएको छ । जिल्ला अदालत,…
बलात्कार घटनाका आरोपित गिरफ्तार
नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रोहिणी गाउँपालिका–६, बोधवारका १६ वर्षीय बालकलाई प्रहरीले ०८१ माघ २२ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले माघ १३ गते बलात्कार गरेको भन्दै…
बलात्कार गरेको कसुरमा तीन वर्ष कैदको फैसला
१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा पाँचखाल नगरपालिका–६ का २९ वर्षीय उमेश दनुवारलाई जिल्ला अदालतले ३ वर्ष कैद, ३० हजार रुपियाँ जरिबाना र घटना बाल विवाह भएको ठहर गरेको छ…