नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता हतियारसहित गिरफ्तार

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिका २ घर भई हाल निजगढ नगरपालिका २ मा बस्दै आएका ४५ वर्षीय अर्जुण सापकोटा (निसान)लाई प्रहरीले जेठ १९ गते निजगढ नपा-८ बाट हतियारसहित गिरफ्तार गरेको छ ।

कटुवा पेस्तोल तथा त्यसमा प्रयोग हुने एक थान गोली र स्थानीय चुनाव खारेज गर भन्ने पर्चासहित गिरफ्तारीमा परेका सापकोटालाई इलाका प्रहरी कार्यालय निजगढमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।


लक्ष्मी सोनार