नेपाली सेनाको टोलीले प्रेसर कुकर बम निष्कृय बनायो
बाँसगढी नपा-५ बाँसगढी बजारमा बेवारिसे अवस्थामा भेटिएको प्रेसर कुकर बम असार १२ गते नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।
अज्ञात समूहले राखेको विष्फोटक पदार्थ नेपालगञ्जस्थित चारबाहिनीबाट आएको नेपाली सेनाको टोलीले असार १२ गते दिउँसो २ बजे निष्कृय बनाएको हो ।
असार १२ गते बिहान बेवारिसे अवस्थामा भेटिएको विष्फोटक पदार्थ प्रेसर कुकर रहेको र त्यसमा बारुद र माटो मिसाएर भरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी भरतबहादुर बोहोरा जानकारी दिए । स्थानीय निर्वाचनको मौन अवधि सुरु भए लगत्तै जिल्लामा सुरक्षा अवस्थाको जोखिम बढेको जनाइएको छ ।
त्यसैगरी गुलरिया नपा-४ तुलापुरमा असार ११ गते राति १२ बजे नेपाली काङ्ग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच केही समय विवाद भएको थियो ।
बारबर्दियाको हर्नहवामा एमाले र माओवादी कार्यकर्ताबिच असार ११ गते राति झडप हुन खोजेपछि प्रहरी तत्काल पुगेर स्थिति सामान्य बनाएको प्रहरीले जनाएको छ ।
मानबहादुर चौधरी
सम्बन्धित समाचारहरू
पत्नी हत्या घटनाका आरोपित पति गिरफ्तार
अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ । पीडितलाई आरोपितले…
थप दाइजोका निहुँमा कुटपिट गरेका आरोपितहरूविरूद्ध उजुरी
गोडैता गाउँपालिका-८ की २३ वर्षीया विभा कुमारी महतोलाई ०८१ पुस १४ गते २५ वर्षीय पति विरेन्द्र महतो र ४६ वर्षीया सासु फेकनी देवी महतोले कुटपिट गरेको आरोपमा पीडितले इलाका प्रहरी…
बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी
३६ वर्षीया महिलालाई ०८१ मङ्सिर २४ गते बलात्कार प्रयास गरेको आरोपमा बरहथवा नगरपालिका-६ का ३९ वर्षीय धिरज चौधरीविरुद्ध ०८१ पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय बरहथवामा उजुरी दिनुभएको छ…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१६ वर्षीया बालिकालाई ०८१ पुस ४ गते बलात्कार गरेको आरोपमा कविलासी नगरपालिका-८ का २७ वर्षीय सुनिल यादवविरुद्ध पीडित पक्षले पुस २८ गते इलाका प्रहरी कार्यालय हरिपुरमा उजुरी दिनु भएको छ ।…
चिसाले विद्यार्थी बिरामी परेपछि ढोरपाटनका विद्यालय बन्द
अत्यधिक चिसो बढ्दा विद्यार्थी बिरामी परेपछि बागलुङको ढोरपाटन उपत्यकाका विद्यालय बन्द गरिएको छ । हिमपातसँगै अत्यधिक चिसो बढेपछि पुस २६ गतेदेखि सदरमुकामका विद्यालय बन्द गरिएको हो । विद्यार्थीहरु कठ्याङ्ग्रिने र…