नेपाली काङ्ग्रेसका कार्यकर्ताको आक्रमणबाट एमालेका दुई जना कार्यकर्ता घाइते
नेकपा एमालेका कार्यकर्ता श्रीनगर गाविस-१ का ३० वर्षीय धने सुनार र सोही गाविस-३ का ३५ वर्षीय प्रकाश बोगटीलाई फागुन १९ गते नेपाली काङ्ग्रेसका कार्यकर्ताले आक्रमण गरी घाइते बनाएको पीडित पक्षको आरोप छ ।
श्रीनगर गाविसमा नेकपा एमालेको वृहद आमसभा लगत्तै नेपाली काङ्ग्रेसका कार्यकर्ताले बाहिरबाट ढुङ्गा प्रहार गर्दा उनीहरू घाइते भएको पीडित पक्षले आरोप लगाएका छन् ।
नेपाली काङ्ग्रेसका कार्यकर्ता नेकपा एमाले पार्टी प्रवेश गरेको विरोधमा काङ्ग्रेसका कार्यकर्ताले एमालेको कार्यक्रम सकिए लगतै ढुङ्गा प्रहार गरेको पत्रकार कालिबहादुर थापाले जानकारी दिए ।
घटना लगत्तै श्रीनगर चौकीका प्रहरीले सम्भावित झडप हुन नदिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका इन्स्पेक्टर विष्णुबहादुर सिंहले बताए । घाइते दुवै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
नन्द सिंह
सम्बन्धित समाचारहरू
सोती घटनामा संलग्न २४ जना आरोपितलाई जन्मकैद फैसला
चौरजहारी नगरपालिका–८ सोती गाउँमा ०७७ जेठ १० गते अन्तरजातीय विवाहको विषयलाई लिएर ६ जनाको ज्यान जाने गरी भएको हत्या घटनामा संलग्न भएको भन्दै मङ्सिर १९ गते रुकुम पश्चिम जिल्ला अदालतले २४…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रसौनी गाउँपालिका–४ खुटवाका २६ वर्षीय साँजिद अन्सारीलाई ०८० मङ्सिर १७ गते जिल्ला प्रहरी कार्यालयले गिरफ्तार गरेको छ । पीडितलाई कात्तिक १९ गते आरोपितले बलात्कार…
भूकम्प प्रभावित अझै त्रिपालमुनि : अस्थायी आवास निर्माणमा १ करोड ३० लाख वजेट निकासा
भूकम्प प्रभावित अझै त्रिपालमुनि रहेका छन । अस्थायी आवास निर्माणमा लागि १ करोड ३० लाख रुपियाँ निकासा भएकाे छ । आवास निर्माणमा चार सय जना स्वंयसेवक परिचालन भएका छन । भूकम्पले …
प्रमुख प्रशासकीय अधिकृत नहुँदा तल्कोट गाउँपालिकाको कार्यसम्पादनमा समस्या
जिल्लाको तल्कोट गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कार्यसम्पादनमा समस्या भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाले सञ्चालन गर्दै आएका सम्पूर्ण विकासका अयोजनाहरू समेत प्रभावित हुँदै आएको तलकोट गाउँपालिका–१…
कुटपिट घटनाका आरोपित गिरफ्तार
म्याङलुङ नगरपालिका-८ की ३४ वर्षीया अरूमीता राईलाई कुटपिट गरेको आरोपमा प्रहरीले ३९ वर्षीय पति मिङ्माकाजी शेर्पाले मङ्सिर १९ गते गिरफ्तार गरेको छ । घरायसी विवादका क्रममा आरोपितले ०८० मङ्सिर १८…