नेपाली कांग्रेस जिल्ला अधिवेशनको मत गणना स्थलमा झडप, १२ जना घाइते
नेपाली कांग्रेस जिल्ला अधिवेशनको मत गणना स्थलमा कार्यकर्ताबिच मङ्सिर ७ गते भएको झडपमा तीन जना सुरक्षाकर्मी सहित १२ जना घाइते भएका छन् ।
मत गणना स्थल प्यूठान नगरपालिका– ७ स्थित स्वर्गद्धारी बहुमुखी क्यापसमा जिल्ला सभापति पदका दुई जना उमेदवारको मत गणना गर्ने क्रममा कार्याकर्ताबिच झडप हुदा तरुण दलका जिल्ला उपाध्यक्ष स्वर्गद्धारी नगरपालिका – ६ का २८ वर्षीय कृष्ण बसेल, सोही नपा– १ का २४ वर्षीय कमल घर्ती मगर, नौवहिनी गाउँपालिका–६ का २६ वर्षीय कुबेर पुन, २३ वर्षीय बिनोद रिजाल, २५ वर्षीय श्रीधर केसी, २५ वर्षीय बिजय रिजाल, २५ वर्षीय घनश्याम केसी, २४ वर्षीय पदम केसी, र प्यूठान नगरपालिका– ७ का ५५ वर्षीय खेमराज पण्डित घाइते भएका छन् ।
झडपलाई नियन्त्रण गर्ने क्रममा सशस्त्र प्रहरी बलका सई ३८ वर्षीय बसन्त पण्डित, प्रहरी जवान २३ वर्षीय चन्द्रबहादुर गाहामगर र ३४ वर्षीय गोपाल जिसी घाइते भएका छन् ।
झडपलाई नियन्त्रणमा लिनका लागि प्रहरीले १४ राउड अश्रु ग्याँस र दुई राउण्ड हवाई फायर गर्नु परेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सत्यनारायण थापाले बताउनु भयो ।
घाइते कृष्ण बसेल, बिजय रिजाल, चन्द्रबहादुर गाहामगरको भैरहवा मेडिकल कलेज र बसन्त पण्डितको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको डिएसपी थापाले बताउनु भयो ।
रविन्द्र पाण्डे
सम्बन्धित समाचारहरू
सङ्क्रमणकालीन न्यायका बाँकी काम सक्ने गरी विधेयकमा संशोधन गर्न द्वन्द्वपीडित र मानव अधिकार समुदायको माग
द्वन्द्वपीडित तथा मानव अधिकार समुदायले संसदमा पेश भएको सङ्क्रमणकालीन न्याय कानुन संशोधन विधेयकमा भएका प्रवधानले सङ्क्रमणकालीन न्यायका बाँकी काम नसक्ने हुँदा काम सक्ने गरी विधेयक ल्याउन माग गरेका छन् ।…
कोशी नामाकरणको विषयमा प्रर्दशन, प्रहरीसँगको झडपमा १३ जना घाइते
कोशी प्रदेश नामाकरणको विरोधमा गरिएको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच चैत १४ गते भएको झडपमा १३ जना घाइते भएका छन् । विराटनगरस्थित बिग होटलमा चैत १४ गते आयोजना गरिएको दीगो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लक्ष्मीपुर पतारी गाउपालिका–३ का २८ वर्षीय प्रदिप साहलाई इलाका प्रहरी कार्यालय लहानले चैत १३ गते गिरफ्तार गरेको छ । आरोपितले चैत १३ गते बलात्कार…
आत्महत्या दुरुत्साहन घटनाका आरोपितहरू हाजिर
सुरुङ्गा नगरपालिका–३ भुसी महुलियाका २० वर्ष १ महिना २२ दिनका सुशान्त चौधरीको आत्महत्या दुरुत्साहन घटनामा ७ महिनादेखि फरार रहेका सोही ठाउँका ७० वर्ष उमेरका चन्द्रकान्त चौधरी र रक्सु चौधरी चैत…
बलविवाह कसुरमा दुई वर्ष कैद सजाय
१५ वर्षीया बालिकासँग बालविवाह गरेको कसुरमा तिलाठी कोइलाडी गाउँपालिका–५ का १८ वर्षीय शिवनारायण मण्डललाई चैत १४ गते २ वर्ष कैद सजाय भएको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलाशले आरोपितलाई…