नेपाली कांग्रेस र एमालेका कार्यकर्ता बीच झडप, म्यादीप्रहरीमाथि खुकुरी प्रहार

  ०७९ जेठ ३ गते

सदरमुकाम मार्तडीमा जेठ १ गते राति नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबिच झडप हुँदा बुढीगंगा नगरपालिका–४ का २० वर्षीय म्यादीप्रहरी पुष्प कटुवालमाथि खकुरी प्रहार भएको छ ।

बडीमालिका नगरपालिका–२ एमालेबाट वडाध्यक्षका उम्मेदवार डम्बर महतले चार मतले बिजय भएपछि कांग्रेस र एमालेका कार्यकर्ताबिच विबाद उत्पन्न भई झडप भएको थियो ।

नेपाली कांग्रेस र एमालेका कार्यकर्ताबिच झडप भइरहेका अवस्था घटनास्थल पुगेका म्यादीप्रहरी कटुवालको टाउँकोमा खुकुरी प्रहार भएको थियो ।

खुकुरी प्रहारबाट घाइते हुनु भएका कटुवालको जिल्ला अस्पतालमा उपचारको क्रममा टाउँकोमा पाँच टाँका लागेको र म्यादी प्रहरी हर्क सुनार र सुनिल थापा समान्य घाइते हुनु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गिन्द्र बोगटीले बताउनु भयो ।

घटनामा संलग्न भएको आरोपमा बडिमालिका नगरपालिका–२ का २० वर्षीय नरेन्द्र नाथ र सोही ठाउँका २० वर्षीय लोकन्द्र कार्कीलाई खुकुरी सहित गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेकटर बोगटीले बताउनु भयो ।


पदमहादुर सिंह