नेपाली कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार, घटनाका आरोपितविरूद्ध उजुरी
सबैला नपा–१० खरिहानी निवसी नेपाली कांग्रेसका कार्यकर्ता ४८ वर्षीय उमेश कापरलाई माघ २१ गते साँझ स्थानीय नेकपा कार्यकर्ता ५० वर्षीय शिवकुमार कापर ५५ वर्षीय लाल पजियार लगायत नेकपा कार्यकर्ताले धारिलो हतियार प्रहार गरी घाइते बनाएको भन्दै पीडित पक्षले माघ २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ ।
घाइतेको टाउकोमा काटिएकोले जनकपुर अञ्चल अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि विराटनगरस्थित न्युरो अस्पतालमा रिफर गरिएको अस्पतालले जनाएको छ ।
नेपाली कांग्रेसले देशव्यापीरूपमा सरकारविरूद्ध प्रत्येक नगरपालिका र गाउँपालिकामा गरेको विरोधका कार्यक्रम अन्तर्गत माघ २१ गतेको कार्यक्रममा सहभागी भएर घर फर्किरहेका उमेश कापरलाई स्थानीय शिवकुमार कापरलगायतका व्यक्तिले समातेर खुकुरी प्रहार गरी घाइते बनाएको नेपाली कांग्रेसका नेता भोला पञ्जियारले आरोप लगाए ।
घटना राजनीतिक प्रकारका नभएर व्यक्तिगत तथा अपराधिक रहेको जिल्ला प्रहरी कार्यालयका एसपी शेखर खनालले बताए । घाइते उमेश नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय चन्दर कापर र सतिश कापरलाई माघ २२ गते गिरफ्तार गरेर अनुसन्धान गरिरहेको छ । मुख्य आरोपित शिवकुमार कापर भने फरार भएको प्रहरीले जनाएको छ ।
विनोदकुमार रविदास
सम्बन्धित समाचारहरू
केवलकार निर्माण विवाद: २० जना प्रहरीसहित २४ जना घाइते
फुङलिङ नगरपालिका-११ पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा उत्रिएको ‘नो केवलकार समूह’ माथि प्रहरीले माघ १२ गते गोली चलाएको छ । केवलकार निर्माणको विरोध गर्दै आएको समूहले प्रहरीलाई आक्रमण गरेपछि प्रहरीले…
केवलकार निर्माण विवाद : प्रहरीको गोली प्रहारबाट एक जना घाइते, आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते
पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केवलकार निर्माण विवादका क्रममा प्रहरीको गोली प्रहारबाट एक जना र आन्दोलनकारीको आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन् । केलवकार निर्माण गर्न नदिने पक्षले ०८१ माघ १२…
बलात्कार प्रयास घटना विरुद्ध प्रहरी कार्यालयमा उजुरी
४१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पाँचपोखरी थाम्पाल गाउँपालिका-८ का ४१ वर्षीय पदमबहादुर तामाङविरुद्ध माघ ११ गते इलाका प्रहरी कार्यालय मेलम्चीमा उजुरी दर्ता भएको छ । पीडित महिलालाई आरोपितले…
बलात्कार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी दर्ता
३० वर्षीया महिलालाई माघ ९ गते बलात्कार गरेको आरोपमा कालिञ्चोक गाउँपालिका-६ स्थायी घर भई भीमेश्वर नगरपालिका-६ बस्ने २८ वर्षीय मनिकुमार थामीविरुद्ध माघ ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भयो…
बलात्कार घटनाका आरोपित गिरफ्तार
२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा मेलम्ची नपा-८ का २८ वर्षीय फुलमान गोलेलाई माघ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले गत असार ४ गते बलात्कार गरेको…